Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

खानेपानी आयोजना निर्माण सम्पन्न

खानेपानी आयोजना निर्माण सम्पन्न

  • सन्देश सम्बाददाता
  • सोमबार, जेष्ठ २९ २०७४


खानेपानी आयोजना निर्माण सम्पन्न

इलाम । इलामको माईजोगमाई गाउँपालिका वडा नम्बर २ मा गहिरि सिङ्चोक कठ्ठेत कपासे खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । २०७३ फागुन ३० बाट निर्माण शुरु भएको खानेपानी आयोजनाबाट एक विद्यालय र २५ घरधुरीलाई खानेपानी वितरण गरिएको छ ।
उपभोक्ताको एक प्रतिशत नगद २० प्रतिशत श्रमदान र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय इलामको ८ लाख ५० हजारमा उक्त आयोजना निर्माण सम्पन्न भएको हो ।

२२ वटा धाराबाट खानेपानी आयोजनाको मुहान स्थानीय गहिङिर सिङ्चोक खोला रहेको र असार ३ गते भित्रमा हस्तान्तरण गर्ने निर्माण तथा उपभोक्ता समितिका अध्यक्ष जगत खड्काले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार