इलाम, । गरिवी निवारणाका लागी लघु उद्यम विकास कार्यक्रम (मेडपा)मा स्थानिय स्तरका गैर सरकारी संस्थाहरुको सहभागितामा जोड दिने उद्धेश्यका साथ लघु उद्यम विकास सेवा प्रदायक संस्थाहरुको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि तथा मेडपासँग सहकार्य क्षेत्र पहिचानका लागी अभिमुखिकरण गोष्ठी सम्पन्न गरिएको छ ।
घरेलु तथा साना उद्योग विकास समिती इलामको आयोजना र लद्यु उद्यम विकास कार्यक्रम क्षेत्रिय कार्यालय विराटनगरको सहयोगमा भएको कार्यक्रममा इलामका १२ वटा गैर सरकारी कार्यालयका ३० जना भन्दा बढीको सहभागिता रहेको थियो । आर्थिक बर्ष २०६६÷६७ वाट सुरु गरिएको मेडपा कार्यक्रमका लागी आर्थिक बर्ष २०७०÷७१ वाट ४ अर्व १६ करोड रुपैया प्रक्षेपण गरेर संचालनमा ल्याइएको हो । रणनितीमा देशका ७५ वटै जिल्लामा ७३ हजार लघु उद्यमी, ३९ हजार उद्यमीको स्तरोन्नती, ५४६ वटा साझा सुविधा केन्द्र निर्माण, ६० प्रतिशत उद्यमीहरुको बजार पहँच, ६२० कर्मचारीको क्षमता अभिबृद्धि गर्ने लक्ष्य राखिएको छ । परियोजना हालसम्म नेपालका ६९ जिल्लामा संचालनमा रहेको छ । मेडपा कार्यक्रमको ६७ प्रतिशत बजेट दातृ संस्थाबाट प्राप्त हुने छ । त्यसै गरी २५ प्रतिशत नेपाल सरकार र ८ प्रतिशत स्थानिय निकायले व्यहोनुपर्ने घरेलु तथा साना उद्योग विकास समितीका प्रमुख नविन पौडेलले बताए ।
गरिवीको रेखामुनी रहेका परिवारको आय स्तरका उकास्ने उद्धेश्यका साथ सुरु भएको कार्यक्रम सन २०१८ जुलाइबाट समाप्त भइ नेपाल सरकार आफैले संचालनमा ल्याउने भएको छ । इलामका साविकका २० वटा गाविसमा संचालन सम्पन्न भइ हाल साविकका साेयाक, सिद्घिथुम्का, गाेर्खे र समालबुङमा संचालनमा रहेकाे छ। ३२ लाख रुपैयाको लागतमा संचालनमा रहेको मेडपा कार्यक्रम चालु आर्थिक बर्षमा इटहरीको सामाजिक न्याय मञ्च नामक संस्थाले संचालन गरिरहेकाे छ । इलाममा ठुला ठुला परियोजना गर्न सक्ने क्षमता रहेका गैर सरकारी संस्थाहरु भएपनि प्राविधिक समस्याका कारण जिल्ला बाहिरका संस्थाहरुले परियोजना संचालन गरिरहेकाले स्थानिय स्तरमा नै रहेका संस्थाहरुमा परियोजनाको पहुँच पु¥याउने उद्धेश्यका साथ अभिमुखीकरण संचालन गरिएको लघु उद्यम विकास कार्यक्रम क्षेत्रिय सहयोग कार्यालयका दिपक साशंकरले बताए ।
परियोजना संचालनका लागी आवेदनबाट प्रारम्भिक छनौट भएको संस्थाले १५ दिनभित्र कुल रकमको १० प्रतिशत रकम प्राप्त गर्नेछ । सो प्राप्त रकमबाट भएको उपलव्धी अनुसार अन्य भुक्तानी गरिने साशंकरले बताए ।