Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

मेची राजमार्गमा पहिराे, सडक अवरुद्ध

मेची राजमार्गमा पहिराे, सडक अवरुद्ध

  • लोकल सन्देश
  • सोमबार, जेष्ठ २२ २०७४


मेची राजमार्गमा पहिराे, सडक अवरुद्ध

ताप्लेजुङ । मेची राजमार्गअन्तर्गत ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा पर्ने दोखुस्थित खोक्सेखोला नजिकै झरेको पहिरोले सडक अवरुद्ध भएको छ ।

गए रातिको वर्षासँगै झरेको पहिरोले सडक अवरुद्ध भएपछि बिहानैदेखि ताप्लेजुङबाट अन्यत्र जिल्लामा बाहिरिने सवारीसाधनबीच बाटोमानै रोकिएका छन् । माथिबाट भरेको पहिरोले सडक पुरेको छ । यस्तै धुसेनी भिरबाट समेत पहिरो झरेर सडक पुरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

दुवै ठाउँमा झरेको पहिरो पन्छाउन फुङ्लिङ नगरपालिकाको स्काभेटर मेसिन पठाइने ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए । यस्तै पहिरो पन्छाउन पाँचथरबाट समेत स्काभेटर मेसिन झिकाइएको छ भने पहिरो पन्छाउन समय लाग्ने बताइएको छ ।

सडक अवरुद्ध भएसँगै ताप्लेजुङबाट पाँचथर, इलाम, झापालगायतका ठाउँमा जाने छ वटा बस र दर्जनौँ ट्याक्सी रोकिएर रहेका छन् भने यात्रु अलपत्र परेका छन् । बर्सेनि वर्षात्को समयमा सोही ठाउँमा पहिरो झरेर सडक अवरुद्ध हुने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार