Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

प्रधानमन्त्री निर्वाचन कार्यक्रम , भोलि मनोनयन, पर्सी निर्वाचन

प्रधानमन्त्री निर्वाचन कार्यक्रम , भोलि मनोनयन, पर्सी निर्वाचन

  • सन्देश सम्बाददाता
  • शुक्रबार, जेष्ठ १९ २०७४


प्रधानमन्त्री निर्वाचन कार्यक्रम , भोलि मनोनयन, पर्सी निर्वाचन

काठमाडौं । संसद सचिवालयले प्रधानमन्त्री निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको छ ।

संसद सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले सूचना टाँस गरेर प्रधानमन्त्री निर्वाचन कार्यक्रम सार्वजनिक गरेका हुन् । निर्वाचन कार्यक्रम अन्तर्गत भोलि शनिबार मनोनयन दर्ताको कार्यक्रम छ भने पर्सी २१ गते निर्वाचन हुनेछ ।

संसद सचिवालयका अनुसार शनिबार बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने, अपरान्ह ४स्३० बजे उम्मेदवारीको सूची प्रकाश गर्ने र २१ गते आइतबार बिहान ११ बजे उम्मेदवारीको सूचनामाथि सामूहिक छलफल हुने र एकैसाथ निर्णयार्थ प्रस्तुत ९निर्वाचन० गर्ने कार्यक्रम छ ।

भरतपुरमा स्थगित मतगणनाका लागि सत्तारुढ दललाई दबाब दिन प्रमुख प्रतिपक्षी दलले संसद अवरुद्ध गरेपछि सूचना टाँसेर निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको हो ।

राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्री चयनका लागि दिएको समय बुधबार नै सकिएपछि राष्ट्रपतिले संसदलाई पत्र पठाई बहुमतका आधारमा प्रधानमन्त्री निर्वाचित गर्न आह्वान गरेकी थिइन् ।

राष्ट्रपतिको पत्र प्राप्त भएपछि सभामुखले बैठकलाई त्यसको जानकारी दिने, निर्वाचन मिति घोषणा गर्ने र निर्वाचन कार्यक्रम प्रकाशित गर्न मुख्य निर्वाचन अधिकृत संसद्को महासचिवलाई तोक्ने अभ्यास छ ।

संसद् नियमावलीको नियम ४९ को उपनियम १ मा संविधानको धारा २९८ को उपधारा २ बमोजिम प्रधानमन्त्रीको निर्वाचन राजनीतिक सहमतिबाट हुनेछु भनिएको छ । तर गणतन्त्र कार्यान्वयनयताका सबै प्रधामन्त्रीको राजीनामापछि राष्ट्रपतिबाट सहमतीय सरकार गठनका लागि समयसीमासहितको आह्वान गर्ने अभ्यास छ । तोकिएको समयमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूबीच सहमति नभएका कारण यसपटक पनि राष्ट्रपतिबाट संसदको बहुमतका आधारमा प्रधानमन्त्री चयनका लागि आह्वान भएको हो ।

प्रधानमन्त्री निर्वाचनको मिति घोषणा संसद्को बैठकमै गर्नुपर्छ कि सूचनाद्वारा पनि गर्न सकिन्छ भन्नेमा सत्तापक्षभित्रै एकमत नभएपछि सभामुख घर्तीले शुक्रबार बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक राखेकी थिइन् । त्यहाँ पनि मत बाझिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार