Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

एउटै पदका लागी सासु–बुहारी चुनावी मैदानमा

एउटै पदका लागी सासु–बुहारी चुनावी मैदानमा

  • नमीन ढकाल
  • शुक्रबार, जेष्ठ १९ २०७४


एउटै पदका लागी सासु–बुहारी चुनावी मैदानमा

इलाम,  । इलामको उत्तरी क्षेत्र सन्दकपुर गाँउपालिकामा एउटै पदका लागि सासु बुहारी नै उम्मेद्वार बनेर चुनावी मैदानमा छन ।

असार १४ गते हुने निर्वाचनका लागि सन्दकपुर गाँउपालिका–१ को दलित महिला उम्मेद्वारमा सासुबुहारी भिडने भएका हुन । माओवादी केन्द्रले बुहारी सिता वि.क लाई दलित महिला उम्मेद्वार बनाएपछि एमालेले सासु दिलमाया वि.क लाई प्रतिस्पधीको रुपमा अघि बढाएको छ ।

अहिले बुहारी चुनाव प्रचारपसारमा हिडिरहेकी छन । दिलमायाले भनिन ‘लोकतन्त्रमा आ–आफनो आस्था अनुसारको पार्टीमा लाग्न पाइन्छ । त्यसैले मलाई एमाले सहि लाग्यो उम्मेद्ववार बने कान्छी बुहारीलाई माओवादी मनपरेछ त्यसैबाट उम्मेद्वार भइ’ । एउटै पदका लागी एउटै वडाबाट उम्मेद्वार भएपनि घरायसी समस्या नभएको सिताले बताइन । उनले भनिन ‘जस्ले जिते पनि सामाजिक कामका लागी जित्ने हो क्यारे’ ।

सन्दकपुर गाँउपालिका–१ मा एक घरमात्र दलितको बसोवास रहेको छ । दिलमायाको परिवारमा श्रीमान, २ जना बुहारी र कान्छो छोरो रहेका छन । माइलो छोरो विदेशमा रहेको र जेठो छोराको परिवार जिल्ला वाहिर बसोवास गरिरहेका छन । दिलकुमारीकी माइली बुहारी कुनै पनि दलबाट उम्मेद्वार बनेकी छैन्न । सो वडामा काँग्रेस लगायतका अन्य दलहरुलाई दलित उम्मेद्वार पाउन कठिन रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार