मक्किएका ७ हजार पोल नफेर्दा विद्युतिय धरापमा परिणत

इलाम । ग्रामीण क्षेत्रमा विस्तार गरिएको विद्युत प्रारण लाइनका पोलहरु मक्किएर ढलेपनि परिवर्तन नगर्दा इलाममा धराप रुपमा परिणत भएका छन् । हावाहुरी,दैविप्रकोपले भाँचिएका र मक्किएका पोल नफेर्दा गाउँघर उज्यालो पार्ने विद्युत प्रशारण लाइन धराप भएका हुन् ।
विद्युतको पोल फेर्न सूर्योदय नगरपालिका ३ की टिका मगरले विद्युत प्राधिकरणमा आग्रह गरेको बर्षौ भइसक्यो । चार वर्ष अघि हावाले लर्काएको काठको पोल फेर्नुत के फेदनै भाँचिएपछि आँफैले टेको लगाउनुपर्यो । टेको लगाएर अड्याएको विद्युतिय पोल ढलेर करेन्ट लाग्ने त्रासले टिकालाई अहिले रातभर निन्द्रा लाग्दैन ।विद्युतको पोलबाट छुट्टिएर लत्रिएको तारले फिक्कल गहिरिगाउँका देबेन्द्र गौतमलाई तीन पटक भेटिसक्यो । मर्मतका लागि तीन महिना अघिदेखि भनेपनि प्राधिकरणले टेरेको छैन ।
गाउँघर उज्यालो पार्न इलाममा गाडिएका विद्युतिय पोल मर्मत नहुँदाको समस्या हो । काठका पोलको आयु सकिएपनि परिर्वतन नहुँदा उज्यालो पु¥याउने विद्युत प्रशारण लाइन इलामे जनताका लागि धराप भएका हुन् ।
विद्युत प्राधिकरण, जिविस, गाविस र उपभोक्ताले विद्युत विस्तार गरेपछि पोल परिवर्तनका लागि चासो नदिनाले इलामका ७ हजार बढी विद्युतिय पोल धरापका रुपमा छन् । त्यसमध्ये इलाम सदरमुकाममा मात्रै ८ सय फर्नुपर्ने नेपाल विद्युत प्राधिकरण इलाम शाखाका प्रमुख सिताराम सिग्देल बताए ।
हावाहुरी, दैवि प्रकोप र आयु सकिएका पोल परिवर्तन गर्ने बजेट नहुँदा यस्तो समस्या आएको हो । स्थानीय निकाय र उपभोक्ताले विद्युत विस्तार गर्दा गाडिएका पोल तथा तारको गुणस्तर जाँच नगरिँदा पनि विद्युत लाइन धरापमा परिणत भएका हुन् ।
मक्किएका र भाँचिएका पोल फेर्नका लागि फलामे पोलको माग गरेपनि थोरैमात्रै प्राप्त हुनाले समस्या बढेर गाएको विद्युत प्राधिकरणको भनाइ छ । गाउँघर उज्यालोदे बनाउन गाडिउको विद्युतिय पोल नफेरिँदा पासो बनेकाले सरकारी निकाय गम्भिर भएर तत्काल पोल फेर्न काममा लाग्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट

दमक। झापाको दमक देखि माङसेबुङ गाउँपालिका स्थित पञ्चमी, माङमालुङ सम्म पहिलो पटक पदयात्रा हुने...

...

फाकफोकथुम । इलामको पश्चिमि फाकफोकथुम गाउँपालिकाले कडा र दिर्घरोगिलाई उपचार खर्च प्रदान शुरु गरेको छ...

इलाममा जन्मिएकी उसु खेलाडी जुनी राईको १२ औ दक्षिण एसियाली खेल सागमा स्वर्ण जित्ने सपना...

फिक्कल । सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राई प्रदेश नम्बर एकको प्रादेशिक समन्वय समितिको सदस्यमा...

इलाम– दुुध उत्पादनमा नामुद मानिने इलाममा डेरी उद्योगमा युवाको आकर्षण बढ्दै गएको छ । सानो...

फिक्कल । पूर्व प्रधानमन्त्री एव् इलाम निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद झलनाथ खनालले...

इलाम । नेपाली महिला राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले सबैभन्दा बढी गोल गर्ने पुर्व...
चर्चित

इलाम । इलामको सुर्योदय नगरपालिकामा रहेका जनप्रनिधिहरुले सरकारी सवारीसाधनको दुरुपयोग गर्ने...

डम्बर खडका इलामका चर्चित राजनितिज्ञ एवम निर्माण व्यवसायी हुन । २०३१...

रोङ रोङ गाउँपालिका झापासँग जोडिएको इलामको गाउँपालिका हो । गाउँपालिकामा मेची...

इलाम । आजभन्दा ५० वर्ष अगाडि इलामको आइतबारेमा लागेको हाटबजार नै...