इलाम । इलाममा ४५ दिने आधारभुत कम्प्युटर सिप विकास तालिम समापन गरिएको छ । स्थानिय शान्ति समिती र घरेलु तथा साना उद्योग विकास समितीको संयुक्त आयोजनामा संचालन गरिएको तालिम आज एक समारोहका विच समापन गरिएको हो । घरेलु तथा साना उद्योग विकास समितीको प्रमुख उद्योग अधिकृत नविन पौडेलको सभापतित्वमा भएको समापन समारोहका प्रमुख अतिथी स्थानिय शान्ति समितीका संयोजक डम्बर लोरिन्देन रहेका थिए । महिला, द्धन्द्धपिडित तथा पिछडिएकाहरुलाई लक्षित गरी संचानल गरिएको तालिममा ११ जनाको सहभागिता रहेको थियो । शान्ति समितीकी सदस्य शान्ता बस्नेतले स्वागत गरेको कार्यक्रममा कार्यक्रममा तालिममा सहभागीको तर्फबाट मनिता श्रेष्ठ, प्रशिक्षक कुमार निरौला, शान्ति समिती सदस्य शुशिला सापकोटा र पुर्व संयोजक भक्त केसीले शुभकामना मन्तव्य राखेका थिए ।

घरेलुले सिप विकास र उद्यमशिलता अन्र्तगत इलामका विभिन्न स्थानहरुमा तालिमको आयोजना गर्दै आइरहेको छ । त्यस्तै मंगलबारबाट घरेलु तथा साना उद्योग विकास समिती, सुर्योदय महिला मञ्च, जिल्ला समन्वय समिती, सुर्योदय नगरपालिका र साँसद विकास कोषको बजेटबाट ड्राइभिङ तालिम सुरु गरिएको छ । मञ्चकी अध्यक्ष चित्रकला बराइलीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी सुर्योदय नगरपालिकाका कार्यक्रम अधिकृत अभिषेक पौडेल रहेका थिए । कार्यक्रममा माया प्रधान, अमृता राई, उत्तम लता पौडेल, तारा गुरगाई, बन्दना अधिकारी, काजीमान कागते, नविन पौडेल लगायतले आ–आफनो भनाइ राखेका थिए । महिलालाई पनि आत्मनिर्भर बनाउने उद्धेश्यका साथ आयोजना गरिएको तालिममा ८ जना महिला र ८ जना दलित पुरुषको सहभागी छन । तालिम १ महिनासम्म संचालन हुनेछ ।