माइ । आसन्न जेठ ३१ गतेको स्थानिय तहको निर्वाचनको लागी माइ नगरपालिकामा एमालेको मेयर र उपमेयर विवाद चुलिदै गएको छ । जनता माझ लोकप्रिय उम्मेद्वारलाई चयन नगरेको भन्दै माइ नगरपालिकामा नेकपा एमालेका कार्यकताले असन्तुष्टी देखाएका छन । नेकपा एमाले माइ नगरपालिकाको मेयरमा दिपक थेवे र उपमेयरमा विष्णुमाया आर्चायको नाम प्रदेश कमिटीबाट स्विकृत भइ आएको समाचार प्रकाशन भएको थियो । आइतबार बेलुका इटहरीमा बसेको प्रदेश कमिटीको बैठकले एकाएक मेयर र उपमेयरको उम्मेद्वारको नाम परिर्वतन गरेको भन्दै माइनगरपालिका कार्यकताहरुले असन्तुष्टी व्यक्त गरेका हुन । एमालेका कार्यकताहरुले उम्मेद्वारको नाम परिर्वतन भइ आएपछि चुनाव प्रचारका कार्यक्रम समेत रोकेका छन । प्रदेश कमिटीले मेयरमा ध्रुव श्रेष्ठ र उपमेयरमा हिमा भण्डारीको नाम सिफारिस गरेको भन्दै कार्यकताहरुमा असन्तुष्टी पैदा भएको छ । यदपी प्रदेशले भने आधिकारिक रुपमा नामावली सार्वजनिक गरेको छैन । माइ नगरपालिकाका २ सय बढी कार्यकताहरुले एमालेको प्रचारका लागी घरघरमा राखेका व्यानर, पम्प्लेट, झन्डा लगायतका सामाग्रीहरु पार्टीलाई बुझाउने तयारी गरिरहेका छन ।