Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

निर्वाचन विरोधी गतिविधी गर्ने २ जना प्रहरी नियन्त्रणमा

निर्वाचन विरोधी गतिविधी गर्ने २ जना प्रहरी नियन्त्रणमा

  • लोकल सन्देश
  • आइतबार, जेष्ठ १४ २०७४


निर्वाचन विरोधी गतिविधी गर्ने २ जना प्रहरी नियन्त्रणमा

इलाम, । निर्वाचन विरोधी गतिविधी गरेको आरोपमा माइनगरपालिकाबाट नेपाल कम्युनिष्ट पार्टीका २ जना कार्यकतालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले शनिवार अपराहन्न देउमाइ नगरपालिका–९ का झरेन्द्र बराल र देउमाइ नगरपालिका–८ का दिलिप बराललाई माइ नगरपालिका–२ बाट पक्राउ गरेको हो ।

जेठ ३१ गतेको स्थानिय निकायको निर्वाचन खारेजी गर्नुपर्छ भन्ने जस्ता निर्वाचन विरोधी पर्चा पम्प्लेट टास्ने कार्य गरेको गोप्य सुचनाको आधारमा उनीहरुलाई जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी लोदियाको संयुक्त टोलीले पक्राउ गरि आइतबार जिल्ला प्रहरी कार्यालय इलाममा दाखिला गरेको हो । पक्राउ परेका दुवै जनालाई सार्वजनिक अपराधको मुद्धा दायर गर्दै म्याद थप गरी अनुसन्धान गरीरहेको प्रहरी नायव उपरिक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए ।

यता नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी त्रिलोचन भट्टराइले बारम्वार आफना निर्दोष कार्यकतालाई पक्राउ गरेकाले आज जिल्ला समितीको बैठक बसी जेठ ३१ गतेको निर्वाचन जसरी भएपनि रोकी छाडने चुनौती दिए । उनले हालसम्म साविकका २६ वटा गाविसमा जनसमितीको बोर्ड राखिएको जनाउँदै जिल्लाका साविकका ३ नगरपालिका र ४३ गाविसमा नै जनसरकार गठन गरिने बताए । यसअघि प्रहरीले जेठ ६ गते र ७ गते नेपाल कम्युनिष्ट पार्टीका ३ जना कार्यकतालाई पक्राउ गरी सार्वजनिक अपराधको मुद्धा दायर गरिसकेको छ । यो सँगै इलामबाट निर्वाचन विरोधी गतिविधी गर्ने ५ जना पक्राउ परि सकेको प्रहरी नायव उपरिक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार