Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सुतेकै ठाउँमा मृत फेला

सुतेकै ठाउँमा मृत फेला

  • सन्देश सम्बाददाता
  • शनिबार, जेष्ठ १३ २०७४


सुतेकै ठाउँमा मृत फेला

ताप्लेजुङ, जेठ १३ गते । ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा एक होटलमा सुतेकै ठाउँमा एक व्यक्ति मृत फेला परेका छन् । सदरमुकाम फुङ्लिङबजारको लिम्बुवान चौक नजिक रहेको स्टाफ होटलमा इलामको चुलाचुली गाउँपालिका साविक पेल्टीमारी गाविस वडा नं. ६ बस्ने ४२ वर्षीय गणेश खबास मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार बेलुकी खाना खाएर सुतेका खबास शनिबार विहान ओछ्यानमै मृत फेला परेका हुन् । मृतक खबास ना २ ख ८५६९ नम्बरको ट्रकका चालक भएको जिल्ला प्रहरी कार्यालय सञ्चार शाखाले जानकारी दिएको छ । खबास मृत फेला परेपछि उनका परिवारलाई खबर गरेको र परिवारका आफन्त आइपुगेपछि बाँकी प्रक्रिया अघि बढाउने प्रहरीले जनाएको छ । उनी मुटु सम्बन्धी विरामी भएको बुझिएको पनि प्रहरीले जनाएको छ ।
यसैबीच ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका २ आम्बेगुदिनमा पनि एक वृद्ध मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय ६५ वर्षीय फोजराज भट्टराई घर नजिकै रुखमा झुन्डिएको अवस्थामा शनिबार बिहान मृत फेला परेका थिए । मृत फेला परेका भट्टराईको सव तेल्लोक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरी परिवारलाई बुझाएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार