Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

खोलाले बगाउँदा श्रीमान्–श्रीमती दुवैको मृत्यु

खोलाले बगाउँदा श्रीमान्–श्रीमती दुवैको मृत्यु

  • प्रयास लिम्बू
  • शनिबार, जेष्ठ १३ २०७४


खोलाले बगाउँदा श्रीमान्–श्रीमती दुवैको मृत्यु

ताप्लेजुङ, जेठ १३ गते । ताप्लेजुङमा खोलाले बगाएर एक दम्पत्तिको मृत्यु भएको छ । जिल्लाको पूर्वी सिदिङ्बा गाउँपालिका ७ सुरुम्खिमको अमरटार बस्ने एक तामाङ दम्पतिको मृत्यु भएको हो । प्रहरीका अनुसार सुरुम्खिम र खेबाङको सिमानामा बग्ने स्थानीय सिवा खोलाले बगाउँदा २२ वर्षीय गोपाल तामाङ र उहाँकी श्रीमती २१ वर्षीया रीना तामाङको मृत्यु भएको हो ।
सिरिजङ्घा गाउँपालिकास्थित आम्बेगुदिनको खाम्दिमे बजारबाट किसाना पसलको सामान लिएर घर फर्कने क्रममा शुक्रबार साँझ तामाङ दम्पत्तिलाई खोलाले बगाएको थियो । प्रायः उक्त दिन दिनभर वर्षा भएको र जंघार तर्ने क्रममा एक्कासी पानीको बहाब बढेर आएका कारण उनीहलाई बगाएको बताइएको छ ।
खोलाले बगाएको थाहा पाएपछि स्थानीय जुटेर खोजी गर्ने क्रममा केही समय पछि अर्थात शुक्रबार राति नै करिव एक किलोमिटर तल गोपालको सव फेला परेका थिए । गोपालकी श्रीमती रीना सव भने बगाएको करिव १९ घण्टापछि शनिबार दिउँसो तावा खोलाको लुम्ला भन्ने ठाउँमा फेला पारेको स्थानीय तिलबहादुर तामाङले जानकारी दिनुभयो ।
प्रहरी र स्थानीयबासीको टोलीले दुवैजनाको सव फेला पारेपछि पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोक लगिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जानकारी दिएको छ । स्थानीयका अनुसार तामाङ दम्पत्तिले गाउँमै किराना पसल सञ्चालन गर्दै आएका थिए । उनीहरुको दुई वर्षीय एक छोरा रहेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार