Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माओवादी केन्द्रको उम्मेद्वार सार्वजनिक

माओवादी केन्द्रको उम्मेद्वार सार्वजनिक

  • लोकल सन्देश
  • बिहिबार, जेष्ठ ११ २०७४


माओवादी केन्द्रको उम्मेद्वार सार्वजनिक

किरण रार्इ
सन्दकपुर। आसन्न जेठ ३१ गतेको दोश्रो चरणको स्थानिय तहको निर्वाचनको लागी नेकपा माओवादी केन्द्र सन्दकपुर गाँउपालिकाले उम्मेद्ववार सार्वजनिक गरेको छ । माओवादी केन्द्रले गाँउपालिका प्रमुखमा प्रेम नाछिरिङ राईलाई उम्मेद्ववार बनाएको छ । उपाध्यक्षमा रन्जु तामाङ रहेकी छन । त्यसै गरी वडा नं १ अध्यक्षमा नन्दकुमार राई, महिला सदस्य वेचनकला गुरुङ, दलित महिला सिता वि.क तथा सदस्यहरु रहर राई र खडक राई रहेका छन । माओवादी केन्द्रले सन्दकपुर गाँउपालिकाको वडा नं २ का सवै उम्मेद्वार महिला बनाएको छ । अध्यक्षमा देउकुमारी राई, दलित महिला राधिका दर्जी, सदस्यहरु जितमाया राई, धनमाया राई र मिनाकुमारी राई रहेका छन ।

वडा नं ३ अध्यक्षमा जीवन शिवा, महिला सदस्य रमीला राई बुर्जा, दलित महिला खिनमाया परियार तथा सदस्यहरु पासङ शेर्पा र रुद्र साउदेन रहेका छन । वडा नं ४ अध्यक्षमा हर्क रेश्मी र वडा नं ५ अध्यक्ष भोजकुमार खतिवडा रहेका छन । बाँकी रहेका अन्य उम्मेद्वारहरु केही दिनभित्रै टुङगो लाग्ने गाँउपालिका अध्यक्ष प्रेम नाछिरिङ राईले जानकारी दिए । चुनावको मिती नजिकिएसँगै माओवादी केन्द्रले धमाधम नगर तथा गाँउपालिकाको उम्मेद्वार सार्वजनिक गर्न थालेको छ । सार्वजनिक कार्यक्रमको प्रमुख अतिथी विजय खम्बु रहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार