इलाम, । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले इलामका नगरपालिका र गाउँपालिका कार्यालयको साइन बोर्ड फाल्न थालेका छन् । हालसम्म कम्यनिष्ट पार्टीले इलामका पुराना संरचना अनुसारका १७ वटा गाविसका वार्डहरु परिर्वतन गरी स्थानिय जनसमितीको कार्यालयहरु स्थापना गरेको बताएका छन । शनिवार रातीमात्र पार्टीले इलाम नगरपालिका, इभाङ गाविस र एकतप्पा गाविसको वोड परिर्वतन गरी स्थानिय जनसमितीको बोड राखेको दावी गरेको छ । पार्टीका जिल्ला सेक्रेटरी त्रिलोचना भट्टराईका अनुसार हालसम्म इलाम नगरपालिका, इभाङ, लुम्दे, गजुरमुखी, चमैता लगायतका १७ वटा गाविसमा जनसमितीको बोडहरु राखिएका छन । यता इलाम नगरपालिकाका कार्यकारी अधिकृत महेन्द्र खाम्याङ्गले विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नगरपालिकाको वोड परिर्वतन नगरेको बताए । उनले भने ‘सुचना पार्टीमा हसिया हथौडा अंकित झन्डा बनाउने प्रयत्न अवश्य भएको हो तर वोड राखिएको छैन । यदि बोड राखिएको भए एउटा मात्र भएपनि जनसमितीको बोड राखेको फोटो देखाए हुन्छ ।’
बिप्लबका ३ कार्यकर्ता प्रहरी नियन्त्रणमा
निर्वाचन विरोधी गतिविधी गरेको आरोपमा इलामबाट नेपाल कम्युनिष्ट पार्टीका ३ जना कार्यकतालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले आइतबार विहान १० बजे देउमाइ नगरपालिका–९ माझीबुङ बस्ने आकाश भनिने धनबहादुर मगर र उनकी श्रीमती सालु बुढाथोकी मगरलाई पक्राउ गरेको छ । उनीहरुले शनिवार राती ९ बजेको समयमा फाकफोकथुम गाँउपालिका– ७ (साविकको एकतप्पा गाविस) को बोड निकालेर स्थानिय जनसमितीको बोड परिर्वतन गर्नुका साथै जेठ ३१ गतेको स्थानिय निकायको निर्वाचन खारेजी गर्नुपर्छ भन्ने जस्ता निर्वाचन विरोधी पर्चा पम्प्लेट टास्ने कार्य गरेको गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय मंगलबारे र प्रहरी चौकी एकतप्पाको संयुक्त टोलीले पक्राउ गरि सार्वजनिक अपराधको मुद्धा दायर गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । त्यसै गरी प्रहरीले सुर्खेत सभाघाट नगरपालिका– १ बस्ने बादल भनिने प्रकाश घर्ति मगरलाई समेत नियन्त्रणमा लिएको छ । उनले जेठ ६ गते विहान ३ बजेको समयमा माङसेवुङ गाँउपालिका– २ स्थित गाँउपालिकाको बोड फालेर जनसरकारको बोड परिर्वतन गरेको आरोपमा अपराहन्न १ बजेको समयमा पक्राउ गरेको हो । निजलाई सार्वजनिक मद्धा दर्ता गरी म्याद थप गर्दै अनुसन्धान गरिरहेको प्रहरी उपरिक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए । यता नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी त्रिलोचन भट्टराइले आफना निर्दोष कार्यकता पक्राउ गरी प्रशासनले लोकतन्त्रको खिल्ली उडाएकाले कार्यकता अविलम्ब रिहाइ नगरे सरकारी कर्मचारीलाई समेत नियन्त्रण लिने बताए । पक्राउ परेका धनकुमार जिल्ला समिती सदस्य तथा सालु र प्रकाश साधारण सदस्य रहेको प्रहरीले जनाएको छ ।