Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

करेन्ट लागेर विद्युत कर्मचारीको ज्यान गयो

करेन्ट लागेर विद्युत कर्मचारीको ज्यान गयो

  • लोकल सन्देश
  • शुक्रबार, जेष्ठ ५ २०७४


करेन्ट लागेर विद्युत कर्मचारीको ज्यान गयो

इलाम । करेन्ट लागेर बिद्युुत प्राधिकरण इलामका एक कर्मचारीको ज्यान गएको छ । ज्यान गुमाउनेमा देउमाई नगरपालिका निवासी ५० वर्षिय दाताराम पौडेल रहेका छन । देउमाई नगरपालिका–५ पुुलामी चौक नजिकै रहेको विद्युत ट्रान्सफर्मर जडान गर्ने क्रममा करेन्ट लागेर पौडेलको ज्यान गएको प्रहरीले जनाएको छ । ७ दिन अगाडी बिग्रीएको ट्रान्सफर्मर शुुक्रबार मर्मत गरेर जडान थालिएको थियो । ११ केभिए प्रशारण लाइनबाट ट्रान्सफर्मरमा ल्याइएको कालो तार (ट्रान्सफर्मरको केवल) पौडेलको दाहिने हातमा करेन्ट लागेपछि जमिनमा झरेका थिए । भुुइँमा खसेका उनलाई हस्पिटल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरी नायव उपरिक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए । विद्युत प्राधिकरणको लापरबाहिका कारण पौडेलको ज्यान गएको स्थानियले आरोप लगाएका छन । । काम गर्न लगाएर अचानक प्राधिकरणका कर्मचारीले विद्युुत छोडेर दुुर्घटना भएको स्थानिय वासीको भनाइ छ । पौडेल तीन वर्ष अगाडीबाट बिद्युत प्राधिकरण मंगलबारेको फ्युज शाखामा करारमा काम गर्दै आएका थिए । मृतक पौडेललाई पोष्टमार्टमका लागी इलाम अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार