Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

एमालेको माइ नगरपालिकामा उम्मेद्धार विवाद

एमालेको माइ नगरपालिकामा उम्मेद्धार विवाद

  • सन्देश सम्वाददाता
  • बिहिबार, जेष्ठ ४ २०७४


एमालेको माइ नगरपालिकामा उम्मेद्धार विवाद

माइ । आसन्न जेठ ३१ गतेको दोश्रो चरणको उम्मेद्धवारको बिषयमा नेकपा एमाले माइ नगरपालिकामा विवाद चुलिएको छ । नेकपा एमाले इलामले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी जिल्लाका १० स्थानिय तहको ८१ वडाको उम्मेद्धवार घोषणा गरेको भोलीपल्ट नै माइ नगरपालिकाको वार्ड नं ४ र ५ मा उम्मेद्धवारको विवाद चुलिएको एमाले श्रोतले बतायो । नाम उल्लेख नगर्ने सर्तमा एमालेका जिल्ला तहका एक जना नेताले २ वडाका वडाध्यक्षको सम्वन्धमा विवाद चुलिएको बताए । माइ नगरपालिकाको ४ नम्वर वार्डमा ९ जनाको दावेदारी रहेकोमा जिल्ला कमिटीले सुर्य दुलाललाई उम्मेद्धारको रुपमा अघि सारेको छ । त्यसै गरी ५ नम्बर वार्डमा ६ जनाको दावेदारी रहेकोमा गम्भिरबहादुर तामाङको उम्मेद्धारी जिल्लाले स्विकृत गरेको थियो । अन्य वडा र सदस्य पदमा भने हालसम्म असन्तुष्टि आएको छैन । नेकपा एमाले जिल्ला कमिटीलाई वडा अध्यक्ष र सदस्यहरुको अन्तिम नामावली टुुङ्गो लगाउने अधिकार भए बमोजिम बुधवार पत्रकार सम्मेलन गरी उम्मेद्धारहरु सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार