Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

एमालेले तय गर्यो ८१ वडाका उम्मेद्धवार

एमालेले तय गर्यो ८१ वडाका उम्मेद्धवार

  • नमीन ढकाल
  • बिहिबार, जेष्ठ ४ २०७४


एमालेले तय गर्यो ८१ वडाका उम्मेद्धवार

इलाम, । आसन्न जेठ ३१ गतेको स्थानिय तहको निर्वाचनको लागी नेकपा एमाले जिल्ला कमिटी इलामले उम्मेद्धवार सार्वजनिक गरेको छ । नेकपा एमालेले पार्टी कार्यालयमा पत्रकार भेटघाटको आयोजना गरी इलामका १० स्थानिय तहका ८१ वटा वडाका उम्मेद्धार सार्वजनिक गरेको हो । इलाम नगरपालिका वार्ड नं १ मा अम्विका गौतम, वार्ड नं २ मा नारद लम्साल, वार्ड नं ३ मा पृथसिँह सुनवार, वार्ड नं ४ मा श्यामकमल मुखिया, वार्ड नं ५ मा ठाकुर श्रेष्ठ, वार्ड नं ६ मा माधव भट्टराई, वार्ड नं ७ मा सुमन श्रेष्ठ, वार्ड नं ८ मा तिलक ठकुरीको उम्मेद्धारी सर्वाजनिक गरेको हो । त्यसै गरी वार्ड नं ९ मा श्यामकृष्ण घिमिरे, वार्ड नं १० मा रोमबहादुर मगर, वार्ड नं ११ मा नरबहादुर मगर र वार्ड नं १२ मा चक्रबहादुर लिङदमको उम्मेद्धवारी रहेको छ ।
सुर्योदय नगरपालिका वार्ड नं १ मा दिपेश राई, वार्ड नं २ मा चन्द्रकुमार सुव्वा, वार्ड नं ३ मा होमबहादुर कार्की, वार्ड नं ४ मा मधुसुदन लामिछाने, वार्ड नं ५ मा प्रेमबहादुर तामाङ रहेका छन । वार्ड नं ६ मा शिवकुमार बस्नेत, वार्ड नं ७ मा डिल्ली घले, वार्ड नं ८ मा सुवास राई, वार्ड नं ९ मा देवेन्द्र शर्मा, वार्ड नं १० मा पेमा उर्गेन लामा, वार्ड नं ११ मा टेकबहादुर राई, वार्ड नं १२ मा डोलेन्द्र भारद्धाज, वार्ड नं १३ मा हेमराज आर्चाय र वार्ड नं १४ मा मुना राईको उम्मेद्धवारी सार्वजनिक गरिएको हो ।
त्यसै गरी देउमाइ नगरपालिका वार्ड नं १ मा मिनराज श्रेष्ठ, वार्ड नं २ मा अर्जुन खनाल, वार्ड नं ३ मा दावा तामाङ, वार्ड नं ४ मा भिमलाल खनाल, वार्ड नं ५ मा देवेन्द्र लिम्बु, वार्ड नं ६ मा भगिरथ राईको उम्मेद्धारी रहेको छ । वार्ड नं ७ मा हरिबाला राई, वार्ड नं ८ चन्द्र मगर र वार्ड नं ९ मा प्रेमसागर बराल रहेका छन ।
माइ नगरपालिका वार्ड नं १ मा पदमबहादुर फागो, वार्ड नं २ मा खम्बसिँह लिम्बु, वार्ड नं ३ मा डिकबहादुर राई, वार्ड नं ४ मा सुर्यप्रसाद दुलाल, वार्ड नं ५ मा गम्भिरबहादुर तामाङको उम्मेद्धारी रहेको छ । त्यसैगरी वार्ड नं ६ मा मुखराज आङदाम्बे, वार्ड नं ७ मा रामप्रसाद सदेम्बा, वार्ड नं ८ मा भक्तबहादुर आङदाम्बे, वार्ड नं ९ मा लिला राई र वार्ड नं १० मा मोहनसिँह पौडेलको उम्मेद्धवारी रहेको छ ।
फाकफोकथुम गाँउपालिका वार्ड नं १ मा वेगबहादुर निरौला, वार्ड नं २ मा पदमबहादुर तामाङ, वार्ड नं ३ मा गुरुभक्त लामिछाने, वार्ड नं ४ मा हरि दंगाली, वार्ड नं ५ मा सिद्धमान आले, वार्ड नं ६ मा टंकनाथ खनाल र वडा नं ७ मा लोकबहादुर गोदार रहेका छन ।
चुलाचुली गाँउपालिकाको वार्ड नं १ मा उद्धव ओझा, वार्ड नं २ मा रनबहादुर लिम्बु, वार्ड नं ३ मा जनक कोइराला, वार्ड नं ४ मा कालिदास भट्टराई, वडा नं ५ मा चन्द्रकुमार थापा र वाड नं ६ मा हेमन्त राईको उम्मेद्धवारी रहने नेकपा एमाललेले पत्रकार भेटघाटमा जानकारी गरायो । त्यसै गरी माइजोगमाइ गाँउपालिकाको वडा नं १ मा याम कार्की, वडा नं २ मा अम्बर थामी, वडा नं ३ मा विरबहादुर देवान, वडा नं ४ मा गणेश राई, वडा नं ५ मा दाताराम संजेल र वडा नं ६ मा भुवानीप्रसाद लिङदमको उम्मेद्धारी रहेको छ ।
त्यस्तै माङसेवुङ गाँउपालिकाको वडा नं १ मा लक्ष्मीप्रसाद लिम्बु, वडा नं २ मा कृष्णबहादुर बस्नेत, वडा नं ३ मा मैतराज राई, वडा नं ४ मा अमृतबहादुर राई, वडा नं ५ मा देवीकुमार लिम्बु र वडा नं ६ मा किरणकुमार राईको उम्मेद्धारी रहेको छ ।
त्यस्तै रोङ गाँउपालिकाको वडा नं १ मा बुद्ध ढकाल, वडा नं २ मा टंक अधिकारी, वडा नं ३ मा खड्ग आले, वडा नं ४ मा रनबहादुर गुरुङ, वडा नं ५ मा युवराज खाप्तुवा र वडा नं ६ मा चन्द्रमणी राईको उम्मेद्धारी एमालेले तय गरको छ ।
त्यस्तै सन्दकपुर गाँउपालिका वडा नं १ मा देउबहादुर गुरुङ, वडा नं २ मा गिरिराज खनाल, वडा नं ३ मा कृष्ण पाठक, वडा नं ४ मा वर्तमान गुरुङ र वडा नं ५ मा जितबहादुर सावाको उम्मेद्धारी तय भएको छ । नेकपा एमाललेले तय गरेका उम्मेद्धार मध्ये ब्राहमण क्षेत्री समुदायबाट ८० पुरुष र २२ महिला, आदिवासी जनजातीबाट १६० पुरुष र ६० महिला तथा दलित समुदायबाट ५ पुरुष र ८१ महिलाको उम्मेद्धारी सार्वजनिक गरेको छ । एमालेले इलाम नगरपालिका वार्ड नं ३ मा संघिय समाजवादीलाई महिला सदस्य तथा माओवादी केन्द्रलाई दलित महिला सदस्य र १ जना खुल्ला सदस्य दिने भएको छ । त्यस्तै माइ नगरपालिका वाड नं १० को १ जना खुल्ला सदस्यमा राप्रपा नेपाललाई दिने भएको छ
नेकपा एमालेले यस अघि इलाम नगरपालिकाको मेयर, देउमाइको मेयर र उपमेयर, माङसेवुङ र सन्दकपुरको गाँउपालिका प्रमुख र उप्रमुखको उम्मेद्धवारी सर्वसम्मत चयन गरिसकेको छ । इलाम नगरपालिकाको मयेरमा महेश बस्नेत, देउमाइ नगरपालिकाको मेयरमा सुर्य पोख्रेल र उपमेयर पविमाया राई , सन्दकपुर गाँउपालिकाको प्रमुखमा उदय राई र उपप्रमुख शोभा पराजुली तथा माङसेवुङ गाँउपालिकाको प्रमुख हेमन्त राई र उपप्रमुख सुनिता योङहाङ्गको उम्मेद्धवारी सार्वजनिक गरिसकेको छ । बाँकी रहेको नगरपालिका र गाँउपालिका प्रमुख एवम उपप्रमुखको नाम ९ गते बस्ने प्रदेश कमिटीको बैठकले टुङगो लगाउने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार