इलाम । जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन गरिएको छ। सूर्योदय नगरपालिका–८ स्थित विश्व होटलमा शुक्रबार सम्पन्न जिल्ला भेलाले शोईजन शेर्पाको अध्यक्षतामा १६ सदस्यीय जिल्ला समिति गठन गरेको हो।
नवगठित जिल्ला समितिको उपाध्यक्षमा चन्द्रप्रसाद भट्टराई, सचिवमा मनोज कार्की र सहसचिवमा ज्ञानेन्द्र ढुङ्गाना चयन भएका छन्। समितिका सदस्यहरूमा योगेन्द्रविक्रम बोहोरा, मिना खुलाल, सन्तोष राई, पूर्ण रसाइली, सुमन घतानी, कृष्ण बोहोरा, विजय खवास, उपेन्द्र बोहोरा, प्रकाश गुरुङ, भूपेन्द्र बोहोरा, मेनुका विश्वकर्मा, मोहन विश्वकर्मा र मुक्ति राई रहेका छन्।
जिल्ला भेलामा जय नेपाल पार्टीका केन्द्रीय सचिव सगुन सुन्दर लावती प्रमुख अतिथिका रूपमा सहभागी थिए। केन्द्रीय समिति सल्लाहकार प्रजापति कोइराला र केन्द्रीय सदस्य योगेन्द्र बोहोरा विशेष अतिथिका रूपमा उपस्थित थिए। भेलाले इलाममा पार्टीको संगठन विस्तार तथा जनसम्पर्कलाई प्रभावकारी बनाउने विषयमा छलफल गरेको जनाइएको छ।
नवनिर्वाचित जिल्ला सभापति शेर्पाले राष्ट्रवादप्रति रुचि राख्ने नागरिकसम्म पार्टीको संगठन र विचार पुर्याउने बताएको भेलामा सहभागीहरूले जनाएका छन्।
जय नेपाल पार्टी डा धवलशमशेर राणाको नेतृत्वमा २०८३ साउनमा निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएको नयाँ राजनीतिक दल हो।
आयोगमा दर्ताका क्रममा ७९ सदस्यीय केन्द्रीय समितिको सूची पेश गरिएको र पार्टीको चुनाव चिह्न ‘त्रिभुज’ रहेको सार्वजनिक विवरणमा उल्लेख छ।