Local Sandesh शनिबार, असोज १७ २०८३
  • ट्रेण्डिङ :

बाढीपीडितका लागि सूर्योदय नगरपालिकाबाट ४८ लाख १२ हजार रुपैयाँ राहत कोषमा

बाढीपीडितका लागि सूर्योदय नगरपालिकाबाट ४८ लाख १२ हजार रुपैयाँ राहत कोषमा

  • सन्देश सम्वाददाता
  • बुधबार, असोज १४ २०८३


बाढीपीडितका लागि सूर्योदय नगरपालिकाबाट ४८ लाख १२ हजार रुपैयाँ राहत कोषमा

फिक्कल । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सूर्योदय नगरपालिकाले बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि ४८ लाख १२ हजार ८ सय ९७ रुपैयाँ ९४ पैसा सहयोग रकम उपलब्ध गराएको छ। सूर्योदय नगरपालिकाले जारी गरेको प्रेस विज्ञप्तिअनुसार  विपद्पछिको पुनर्निर्माण तथा प्रभावितलाई सामान्य जीवनमा फर्काउन सहयोग गर्नु मानवीय दायित्व भएको उल्लेख गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरेको जनाएको छ।

नगरपालिकाका कार्यवाहक नगर प्रमुख दुर्गा कुमार बरालद्वारा जारी विज्ञप्तिअनुसार नगरपालिकाका जनप्रतिनिधिहरूको सेवा सुविधाबाट १ लाख ११ हजार रुपैयाँ, नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको भदौ महिनाको तलब स्केलबाट ३१ लाख ५ हजार २ सय ५६ रुपैयाँ ५ पैसा तथा नगरपालिकामा कार्यरत कर्मचारीहरूको भदौ महिनाको तलब स्केलबाट १५ लाख ९६ हजार ६ सय ४१ रुपैयाँ ८९ पैसा संकलन गरिएको छ।

यसरी तीनवटै स्रोतबाट गरी ४८ लाख १२ हजार ८ सय ९७ रुपैयाँ ९४ पैसा संकलन भएको नगरपालिकाले जनाएको छ। सूर्योदय नगरपालिकाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकमुष्ट जम्मा गरिएको जानकारी दिँदै विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार