Local Sandesh शनिबार, असोज १७ २०८३
  • ट्रेण्डिङ :

प्रदेशसभा सभापतिमा खगेन्द्र लिम्बुको पुनः उम्मेदवारी

प्रदेशसभा सभापतिमा खगेन्द्र लिम्बुको पुनः उम्मेदवारी

  • लिला लिम्बू
  • सोमबार, असोज १२ २०८३


प्रदेशसभा सभापतिमा खगेन्द्र लिम्बुको पुनः उम्मेदवारी

इलाम । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र भइरहेका बेला इलाम निर्वाचन क्षेत्र नं. २ ‘ख’ का लागि वर्तमान सभापति खगेन्द्र लिम्बु ‘राजु’ले पुनः उम्मेदवारी घोषणा गरेका छन् ।

आगामी असोज १४ गते हुने १५औँ अधिवेशनलाई लक्षित गर्दै लिम्बुले सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । युवा तथा व्यवसायीका रूपमा समेत परिचित लिम्बु १४औँ अधिवेशनबाट निर्वाचन क्षेत्र नं. २ ‘ख’ को सभापतिमा निर्वाचित भएका थिए ।

आफ्नो अघिल्लो कार्यकालमा क्षेत्रभित्र नेपाली कांग्रेसलाई एकढिक्का बनाएर अघि बढाएको लिम्बुको दाबी छ। उनले पार्टीभित्र गुट–उपगुटको राजनीति नगरी सबैलाई समेटेर संगठनलाई सक्रिय र चलायमान बनाउने प्रयास गरेको बताए ।

लिम्बुले आफ्नो कार्यकालमा पार्टीलाई विधि, विधान र सांगठनिक प्रक्रियाअनुसार सञ्चालन गर्न प्राथमिकता दिएको बताउँदै आगामी कार्यकालका लागि पनि संगठन सुदृढीकरण, पार्टीका गतिविधिलाई थप प्रभावकारी बनाउने र कार्यकर्ताबीचको एकतालाई मजबुत बनाउने विषयलाई प्राथमिकतामा राख्ने बताए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार