Local Sandesh बुधबार, भाद्र १० २०८३
  • ट्रेण्डिङ :

इलामबाट निर्वाचित सांसद खिनु लङ्वा दोश्रो पटक मन्त्री

इलामबाट निर्वाचित सांसद खिनु लङ्वा दोश्रो पटक मन्त्री

  • सन्देश सम्वाददाता
  • सोमबार, भाद्र १ २०८३


इलामबाट निर्वाचित सांसद खिनु लङ्वा दोश्रो पटक मन्त्री

इलाम । कोशी प्रदेशको राजनीतिमा महिला तथा जनजाति नेतृत्वको प्रतिनिधित्व गर्दै आएकी खिनु लङ्वा लिम्बू फेरि मन्त्री बन्ने भएकी छन् । कोशी प्रदेशमा आज गठन हुने सरकारमा इलाम–१ (क) की निर्वाचित सांसद लङ्वा मन्त्री बन्ने भएकी हुन् । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीको सरकारमा सहभागि हुने लङ्वाले पर्यटन वन तथा वातावरण मन्त्रालय पाएकी छन् ।

कोशी सरकारमा एमालेले मुख्यमन्त्री सहित ५ मन्त्रालय र नेकपाले ४ मन्त्रालय पाउने भएको हो । सरकारमा इलाम–१ (क) बाट निर्वाचित लङ्वा सहित मोरङका जीवन आचार्य र सोलुखुम्बुका गोम्बू शेर्पा मन्त्री बन्ने निश्चित भएको छ । अर्को एक मन्त्रीमा मोरङकी गीता तिम्सिना रहेकी छन् ।

यस्तै, राज्यमन्त्रीमा सुनसरीकी सपना दर्जीलाई पठाउने सहमति भएको स्रोतले जनाएको छ । सरकारको नेतृत्व आचार्य वा लिम्बूमध्ये एक जनाले गर्नेछन् । नेकपाका नेताहरुले मन्त्रीको नामबारे औपचारिक जानकारी भने दिएका छैनन् । नेकपा प्रदेश इञ्चार्ज राजेन्द्र राईले मन्त्रीहरुको नाम करिब टुंगो लागेको बताउँदै थप केहि छलफल गर्न बाँकी रहेकाके बताए । नेकपाले सरकारमा भौतिक पूर्वाधार, सामाजिक र पर्यटन मन्त्रालय पाउने निश्चित भएको छ । अर्को दुई मन्त्रालयबाट मुख्यमन्त्रीसँगको छलफपछि टुंगो लाग्ने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार