नयाँबजार । माईजोगमाई गाउपालिका वडा नं ४ डांडागाउँ नामसालिङमा आधारभुत स्वास्थ्य केन्द्र उद्धघाटन गरिएको छ । गाउँपालिका अध्यक्ष जीतबहादुर राईले स्वास्थ्य केन्द्रको उद्धघाटन गरेका हुन् । स्वास्थ्य केन्द्र स्थापना भएसँगै वडा नं ४ का स्थानियले स्वस्थ्य सेवा लिनको लागि टाढा जानुपर्ने बाध्यत्मक अवस्था हटेको छ ।
माईजोगमाई गाउपालिका ले गाउँपालिका को सबै जनतालाई स्वस्थ्य सुविधा दिने उदेश्यका साथ स्वस्थ्य केन्द्र को स्थापना गरेको अध्यक्ष राईले बताए । गाउँपालिकामा जनप्रतिनिधि आएपछि स्वास्थ्य क्षेत्रमा तिब्र विकास भएको र अब आगमी दिनमा स्वास्थ्य सेवा लिनको लागि गाउपालिका बाहिर जानू नपर्ने अवस्था सृजना गर्न लागि परेको उनले बताए ।
वडासदस्य त्रिलोचन लुईटेलको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्यहरू वडा सदस्यहरू स्थानिय बासी नामसालिङ प्रहरी चौकीका ईन्चार्ज विभिन्न राजनितिक दलका प्रतिनिधि समजसेवी स्वस्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो । माईजोगमाई गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राम शंकर देवले संचालन गर्नुभएको कार्यक्रममा यज्ञश्वर ढुङ्गानाले स्वागत मन्तब्य राखेका थिए ।