रोङ । इलामबाट झापा हुँदै बग्ने तेलपानी निन्दा खोलाको दुई वटा पुलको एक्कै पटक उद्घाटन भएको छ । पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता झलनाथ खनालले आज पुलको औपचारिक उद्घाटन गरेका छन् । तेलपानी खोलाको मदन भण्डारी राजमार्ग अन्तरगतको २० मिटर लामो पक्की पुल र सोही खोलाको इलामको रोङ गाउँपालिकाको ५ नम्बर र ६ नम्बर वर्डालाई जोड्ने झोलुङ्गे पुलको खनालले उद्घाटन गरेका हुन ।
आफ्नो निर्वाचन क्षेत्र इलाम क्षेत्र नम्बर १ र झापाका बिभिन्न ठाउँको बाटो र पुलको उद्घाटन र शिलन्यास कार्याक्रममा बोल्दै नेता खनालले अब बिकासको मुल फुट्ने बताए । उनले कम्युनिष्ट सरकारको पालोमा देशको समग्र विकासको मुल फुट्ने बताए। नेता खानालले आफ्नो निर्वाचन क्षेत्रका सबै खाले विकासका योजनालाई प्रथामिकताका साथ अगाडी बडाउने प्रतिबद्धता समेत व्यक्त गरे ।