Local Sandesh मंगलबार, चैत्र ६ २०८०
  • ट्रेण्डिङ :

शान्ति निकेतनमा बालदिवस मनाइयो

शान्ति निकेतनमा बालदिवस मनाइयो

  • डाइमन्ड तिम्सिना
  • आइतबार, भाद्र २९ २०७६


शान्ति निकेतनमा बालदिवस मनाइयो

रोङ । रोङ गाउँपालिका–३ कुटिडाँडामा रहेको शान्ति निकेतन माध्यमिक विद्यालयमा वडा स्तरिय अन्तर विद्यालय आधारभुत नृत्य तथा बाल नाटक प्रर्दश गरिएको छ । राष्ट्रिय बालदिवसको अवसरमा कोपिला बाल क्लबको संयोजनमा नवज्योती बाल संजालले आयोजना गरेको थियो । वडाका ४ वटा विद्यालय सहभागी रहेको नृत्य प्रतियोगितामा शान्ति निकेतनकी नेहा बाँस्कोटा प्रथम, शंकर आधारभुत विद्यालयकी प्रियंका राई द्धितिय, शारदा आधारभुत विद्यालयकी पवित्रा लाप्चा तृतिय र जनता आधारभुत विद्यालयकी अस्मिता राईले सान्तवना स्थान प्राप्त गरेकी छन् ।
विजेताहरुलाई रोङ गाउँपालिका महिला बालबालिका तथा समाज कल्याण इकाई प्रमुख रेनुका राई र विशिष्ट अतिथी वडाध्यक्ष मातृका बरालले पुरस्कार वितरण गरेका थिए । बालदिवसकै अवसरमा एक दिने स्वास्थ्य शिविर समेत आयोजना गरिएको थियो । शिविरमा आँखा, कान, नाक, रगत र खकार परिक्षण गरिएको थियो । कार्यक्रमकी प्रमुख अतिथी राईले बालदिवस नारामा मात्र नभएर व्यवहारमा उतार्नुपर्नेमा जोड दिँदै सबै मिलेर बालश्रम मुक्त समाज बनाउन आ–आफनो क्षेत्रबाट भुमिका खेल्नुपर्ने बताइन् । यो वर्ष ‘सुनिश्चित बाल अधिकार : समृद्ध नेपालको आधार’ भन्ने नारा तय गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार