Local Sandesh मंगलबार, चैत्र ६ २०८०
  • ट्रेण्डिङ :

कम्युनिष्ट पार्टीहरुको एकता सामान्य परिघटना होइन : प्रचण्ड

कम्युनिष्ट पार्टीहरुको एकता सामान्य परिघटना होइन : प्रचण्ड

  • नमीन ढकाल
  • शुक्रबार, भाद्र २७ २०७६


कम्युनिष्ट पार्टीहरुको एकता सामान्य परिघटना होइन : प्रचण्ड

इलाम । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई कम्युनिष्टहरुको एकता सामान्य परिघटना नभई ४ दशक लामो प्रयासको परिणाम भएको बताएका छन् । उनले ४ दशक अघिदेखीको बामपन्थी शक्तिहरुको बारम्बारको प्रयासपछि कम्युनिष्ट पार्टीहरुको एकताले मुर्त रुप लिएको उल्लेख गरे । इलाममा आयोजित जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै प्रचण्डले राजनितिक आन्दोलनको दुरगामी प्रभावको रुपमा कम्युनिष्ट शक्तिहरु एक ठाँउ उभिन सफल भएको बताए ।
दुई पार्टीको एकताले विश्वभरीका श्रमजिवीहरुलाई सगरमाथाको देशबाट आशाको दियो बलेको उनले बताए । पछिल्लो नेपाली राजनितिक विकास क्रमले केही हदसम्म विश्वमा तरंग पैदान गरेको प्रचण्डको भनाई थियो । ‘ हिजो कम्युनिष्ट एकता हुँदैन भन्ने प्रतिगामी शक्तिहरु पार्टी एकता प्रक्रिया सुरु भएको १५ महिनासम्म भ्रम छाडेर भाड्न खोज्दैछन । ’ उनले भने ‘तर सोच अनुसार भएन । परिणामत प्रतिगामी शक्तिहरु टाउँको उठाउन खोज्दैछन ।’
प्रचण्डले एकतापछि पहिलो प्रशिक्षण कार्यक्रम इलामले आयोजना गरेकोमा खुशी व्यक्त गर्दै भोलीका दिन उपलव्धी कार्यान्वयन अर्को जटिल पाटो भएकोले जिल्ला पार्टीले सचेत भएर अघि बढन सुझाब दिए । उनले १२ बुदे शान्ति प्रक्रियापछि २००७ सालदेखी थाती रहेको संविधान निर्माण प्रक्रिया २ कम्युनिष्ट पार्टीको जोड बलले निर्माण भएको बताए । ‘यदि कम्युनिष्ट पार्टीका नेताहरुले संकल्प नगरेको भए संविधान निर्माण झन्डै असंभव हुन थालेको थियो ।’ उनले भने ‘ दोश्रो संविधानसभा असफल बनाउन चाहने संसद भित्र र बाहिर मात्र नभई देश र विदेशमा समेत थिए त्यसलाई चिर्दै मुलुकलाई अग्रगामी संविधान दियौ ।’
जनयुद्धको क्लाइमेक्स र अर्को सरकार मार्फत माले एमाले हुँदै मदन भण्डारीको जबजको सिद्धान्तबाट बनेको पार्टीको एकताले देशकै ठुलो पार्टी बन्न सफल भएको प्रचण्डको भनाई थियो । ‘ झापा विद्रोहको क्लाइमेक्सबाट माओवादी बन्यो ।’ उनले भने ‘ झापा विद्रोहकै सन्तान हो म भन्ने दस्ताबेज अझै छ ।’ पार्टी एकताको विकाको क्रमको कुरा गर्दै प्रचण्डले मदन भण्डारी जिवित हुँदै पार्टी एकताको प्रक्रियाले एउटा गति लिएको बताए । ‘ ३ गते मदन भण्डारीको दुर्घटना भयो । ११ गते पार्टी एकताको बिषयमा उहाँसंग छलफल थियो ।’
प्रचण्डले भने ‘ राम्रोसंग छलफल हुन पाएको भए पार्टी एकता हुन्थ्यो की ?’
जनयुद्ध ताका समेत पार्टी एकताको बिषयमा छलफल भएको स्मरण गर्दै प्रचण्डले जनयुद्ध सुरु भएको ५ बर्षदेखी नै पुर्व एमाले र पुर्व माओवादीबिच एकताको लागी छलफल भइरहेको बताए । एमालेको ९ औ महाधिवेशन र माओवादीको हेटौडा महाधिवेशनबाट दुवै पार्टीले जनवाद छाडेर समाजवादको यात्रालाई सर्वसम्मत पारित गरेकाले नै आज कम्युनिष्ट एकता संभव भएको प्रचण्डको भनाई थियो ।
शान्ति प्रक्रियापछि पहिलो संविधानसभाको निर्वाचनका लागी एमाले महासचिव माधवकुमार नेपालसंग गठबन्धन असफल भएको बिषय स्मरण गर्दै प्रचण्डले बहुमत आउँछ भन्ने आशा नरहेको बताए । उनले भने ‘ चुनावका लागी ५०÷५० प्रतिशतको प्रस्ताव लिएर गएको थिए माधव जीले अस्विकार गर्नुभयो पछि ४५÷५५ लिएर गए त्यो पनि अस्विरकार भएपछि एकल चुनाव लड्यौ ।’ उनले भने ‘ युद्धको कलाको अनुमान थियो चुनावी कलाको जानकारी थिएन यति सिट आउँछ भन्ने अनुमान नै थिएन जनताले जिताइदिए ।’ चुनावमा नमिठो पराजय भोगेपछि एमाले समिक्षामा लागको बताउँदै प्रचण्डले जनमतको मुल्यांकन गर्न नसक्दा दोश्रो संविधानसभामा नतिजा ठिक उल्टो आएको बताए ।
उनले गुटबन्दीले पार्टी कमजोर हुँदै जाने भएकाले सबैले एकताको भावनालाई आत्मसात गर्दै कम्युनिष्ट एकतालाई उचाईमा पु¥याउन आ–आफनो तह र तप्काबाट भुमिका खेल्न सबैलाई आग्रह गरे । उनले भने ‘ अहिलेको नेतृत्वको जोड गुटबन्दी अन्त्य गरेर समाजवादको मोडल बनाउन भन्ने हो । फेरी जनयुद्धमा जान पनि त सकिदैन । उनले भने ‘ कम्युनिष्ट एकता नेपालबाट संसारले सिकोस भन्ने हो । ’
कार्यक्रममा बोल्दै नेकपाका बरिष्ठ नेता एवम पुर्व प्रधानमन्त्री झलनाथ खनालले ४ दशकको प्रयासबाट अन्तिम समयमा आएर कम्युनिष्टहरु एउटै बाटोमा हिडेको बताए ।
उनले मुलुकलाई संविधान दिने संकल्पका साथ कम्युनिष्ट पार्टीहरु विभिन्न बाधाहरुलाई छिचोल्दै दबाबका बिचमा एकता घोषणा गरेको बताए । ‘ कम्युनिष्टहरुको चाहनालाई ध्यानमा राखेर १५ महिना अघि पार्टी घोषणा ग¥यौ’ उनले भने ‘ स्थानिय तहको निर्वाचनले दुई पार्टीलाई समाजवाद स्थापनाका लागी झन नजिक ल्यायो ।’ उनले एकिकरण ताका तल्लो कमिटी विघटन गर्नाले पार्टीमा अझै केही समस्या विध्यमान रहेको उल्लेख गरे । ‘पार्टी एकिकरणको लागी माथी प्रक्रिया थाल्यौ तल विघटन भयो त्यसो नगरको भए दुवै तल्लो तहमा सक्रिय भइरहन्थे ।’ उनले भने । ‘३० लाख जनता र ८ लाख सदस्य निस्क्रिय रहँदा प्रतिगामीले खेल्ने अवसर पाए ।’


नेपालको संविधान निर्माण प्रक्रियाको बारेका कार्यकर्ताहरुलाई प्रशिक्षण दिँदै नेकपा संसदिय दलका उपनेता एवम पुर्व सभामुख सुवासचन्द्र नेम्वाङले फेरि पनि अधिकारका नाममा आन्दोलन गरिरहनुको औचित्य नभएको बताए । उनले ५ बर्ष ८ महिना छलफल पछि बनाएको संविधानले सवै क्षेत्र, वर्ग, लिङ्ग र समुदायलाई समान अधिकार प्रत्याभुत गरेको बताए । ‘ ३० दल एकै ठाँउमा उभ्याएर बनाएको संविधानले मधेसी, दलित, पिछडाबर्ग, महिला दिदीबहिनी सबैको अधिकार समेटेको छ ।’उनले भने ‘ सबैको अधिकार र भावना समेटने संविधान विश्वकको कुनै पनि मुलुकमा छैन् । ’
नेम्बाङले अहिलेको संविधान विश्वकै उत्कृष्ट भएको दावी गर्दै यो संविधानको विकल्प नभएको बताए । सरकारको बचाउँदै गर्दै नेम्वाङले सरकार अधिनायकवादतर्फ उन्मुख भैरहेको भन्ने विपक्षीको आरोप मात्र भएको बताए । प्रशिक्षणको पहिलो दिन प्रदेश नं एकका अध्यक्ष देवराज घिमिरे र सचिव सुरेशकुमार राईले मन्तव्य राखेका छन् । शनिबारसम्म संचालन हुने प्रशिक्षणमा नेकपा स्कूल विभाग उपप्रमुख देवेन्द्र पौडेल र वेदुराम भुसाल, केन्द्रीय सदस्य विजय पौड्याल, प्रदेश १ का अध्यक्ष देवराज घिमिरेलगायत इलाम आएका छन ।


शनिवार स्कूल विभाग उपप्रमुख पौडेलले कम्युनिष्ट आन्दोलनको सुरुवातदेखि हालसम्मको अवस्था र वेदुराम भुषालले दर्शनशास्त्र र माक्सवाद, केन्द्रीय सदस्य बिजय पौडेलले अर्थ राजनितीको बिषयमा र प्रदेश अध्यक्ष घिमिरेले सरकार र पार्टीको सम्बन्धको बारेमा प्रशिक्षण दिनेछन । प्रशिक्षणमा जिल्ला कमिटिका पदाधिकारी र सदस्यहरु, जिल्ला सल्लाहकार समितिका पदाधिकारी र सदस्यहरु, ६ वटै निर्वाचन क्षेत्रीय कमिटिका पदाधिकारी र सदस्यहरु, गाउँ तथा नगर कार्यालय सदस्यहरु, विभागका सबै सदस्यहरु, ८१ वटै वडाका अध्यक्ष र सचिवहरु र जनसंगठनका केन्द्रीय पदाधिकारी र सदस्यहरु गरी ५ सय बढीको सहभागीता रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार