देउमाई नगरपालिकाको बार्षिक समिक्षा र बजेट सार्वजनीकरण
जागिर खोज्ने हैन, जागिर दिने युवाशक्ति उत्पादन गरौँ : सासंद राना

देउमाई । इलामको पश्चिमी क्षेत्रमा अवस्थित देउमाई नगरपालिकाले गत आर्थिक वर्षमा गरेका कामको समिक्षा र चालु आर्थिक वर्षको बजेट सार्वजनीकरण गरेको छ । नगरबासीलाई आर्थिक वर्ष २०७५÷०७६ मा कार्यान्वयन गरिएका योजनाको समिक्षा र २०७६÷७७ मा कार्यान्वयन गरिने योजना र बजेट सार्जनीकरण गरिएको हो । जनप्रतिनिधिले तेस्रो नगरसभाबाट पास गरेको योजना र बजेटको अवस्थामा बारेमा नगरबासीलाई जानकारी दिने उदेश्यले कार्यक्रमको आयोजना गरिएको सुचना अधिकृत गोपाल बास्तोलाले बताए ।
देउमाई नगरपालिकाका प्रमुख सूर्य पोखरेललको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तथा प्रदेश सासंद रामबहादूर राना, जिल्ला समन्वयन समितिका प्रमुख गणेश बरालले बजेट तथा योजना पुस्तिका सार्वजनीक गरे । सार्वजनीकरण गरिएको बजेट पुस्तिकामा चालु आर्थिक वर्षको बजेट ५७ करोड ४९ लाखको रहेको छ भने प्रत्येक वडाको बजेट सिलिङ ६० लाख तोएिको छ ।
आर्थिक वर्ष २०७५/०७६ को समिक्षा
देउमाई नगरपालिकाले गत आर्थिक वर्षमा विनियोजन गरेको बजेटको खर्च र आम्दानीका बारेमा पनि बजेट सार्वजनिक गरेको थियो । दोस्रो नगर सभाले ५४ करोड लाख बराबरको बजेट पास गरि गत आर्थिक वर्षमा बजेट कार्यान्वयन गरेको थियो । नगरपालिकाले गत आर्थिक वर्षमा पनि सबै वडाहरुलाई ६०÷६० लाख बजेट खर्च गर्ने गरि बजेट विनियोजन गरेको थियो । विनियोजन बजेटको आम्दानी र खर्चको विवरण तथा प्रगति सबै वडाध्यक्षले कार्यक्रममा प्रस्तुत गरेका थिए । आर्थिक वर्ष २०७५÷०७६को विवरण वडा नम्बर एकबाट वडाध्यक्ष माधव बस्नेत, २ बाट वडाध्यक्ष भवानी साम्पाङ राई, ३ बाट वडाध्यक्ष दावा तामाङ, ४ बाट वडाध्यक्ष राजेन्द्र बास्तोलाले बार्षिक प्रगति र वडा क्षेत्रको विकास निर्माणको अवस्था बारे जानकारी गराएका थिए ।
यस्तै वडा नम्बर ५ का वडाध्यक्ष दिलिप कार्की, वडा नम्बर ६ का वडाध्यक्ष भगिरथ राई, वडा नम्बर ७ का वडाध्यक्ष भक्तबहादूर लिम्बु, ८ का वडाध्यक्ष चन्द्र मगर र वडा नम्बर ९ वडाध्यक्ष प्रेम सागर बरालले गत आर्थिक वर्षको प्रगति प्रस्तुत गरेका थिए । कार्यक्रममा नगरपालिका उप–प्रमुख पविमाया राईले नगरपालिकाको विकास निर्माणको अवस्था, अनुगमन प्रणालि र न्यायीक समितिले गरेका कामका विवरण प्रस्तुत गरेकी थिइन् । नगरपालिकाका इञ्जिनियर प्रतिक दवाडीले संचालन गरेको कार्यक्रममा इञ्जिनीयर दवाडीले नै नगरपालिकाको गत आर्थिक वर्षको प्रगति र चालु आर्थिक वर्षको बजेट विनियोजनका बारेमा जानकारी गराएका थिए ।
जागिर खोज्ने हैन, जागिर दिने युवाशक्ति उत्पादन गरौँ : सासंद राना
कार्यक्रमका प्रमुख अतिथी प्रदेश सांसद राम रानाले देशमा बेरोजगारीको दर बढदै गएकाले युवाहरुलाई जागिर खोज्न नभएर स्वरोजगार बनाउनुपर्ने बताए । तीनै तहका सरकारले निर्माण गरेको सडकहरुबाट व्यवसायीहरुले फाइदा लिन सकेनन् भने त्यसको कुनै अर्थ नहुने रानाले बताए । ‘ हामीले खनिरहेको बाटोमा दुध, घिउ, गाइबस्तु हिडाउन पाइएन व्यवसायिकता भएन भने त्यसको के अर्थ ।’ रानाले भने । शिक्षाको गुणस्तर खस्कदै गएको उल्लेख गर्दै सांसद रानाले शिक्षाको क्षेत्रमा ध्यान दिन आग्रह गरे । ‘ कति विद्यालय खुले भन्दा पनि शिक्षा कति गुणस्तरिय भयो भन्ने महत्वपुर्ण हुन्छ । ’सांसद रानाले भने ‘कम्तीमा एउटा स्कुल नमुना बनाउन सक्यौ की सकेनौ । निजी विद्यालयहरुसंग प्रतिस्पर्धा गर्न सक्ने भयौ भन्ने विश्वास अहिलेसम्म वडाहरुमा छ की छैन ’ । धेरै वडामा नमुना विद्यालय घोषणा भएपनि गुणस्तरियतामा अझै सुधार हुन नसकेको रानाले बताए ।
जिल्ला समन्वय समितीका प्रमुख गणेश बरालले स्थानिय सरकारको समृद्धि कृषि क्षेत्र भएको बताए । उनले सडक संजालको समस्याका कारण संभावना बोकेका पर्यटकिय क्षेत्र समेत ओझेलमा परेको बताए । बरालले प्रचारप्रसार गर्न नसक्दा समेत पर्यटनले अपेक्षाकृत गति लिन नसकेको उल्लेख गरे । नगरप्रमुख सुर्य पोखरेलले संघिय सरकारको मात्र मुख नताकेर स्थानिय सरकार आफै सक्षम हुनुपर्ने बताए । पहिलो बर्ष २२ करोड समानिकरण अनुदान दिएको सरकार दोश्रो बर्षमा १० करोड ५३ लाख आधा नै घटेको छ ।’ उनले भने ‘ तेश्रो बर्षमा १२ करोड’
अहिले संघियताको अभ्यास गरिरहँदा स्थानिय सरकार संचालन गर्न मुख्य चुनौती देखिएको पोखरेलले बताए । ‘हामी सरकार संचालनको अभ्यास गरिरहँदा भोलीका दिन देउमाई नगरपालिका रहन्छ की रहँदैन ठुलो चुनौतीको बिषय बनेको छ ।’ नगरपालिकाको नगरसभाले निजी क्षेत्रलाई समेत प्राथमिकतामा राखेर हातेमालो गर्ने निती अगाडी बढाएको पोखरेलले बताए ।
प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट

इलाम । इलामका सक्रिय समाजसेवी तथा नेपाली काँग्रेसका नेता डम्बर खडकाले १३ औं दक्षिण एसियाली...

भद्रपुर : झापाको भद्रपुरमा एकैरातमा तीन ठाउँमा आगलागी भएको छ। तीन ठाउँमा भएको आगलागीबाट करिब...

देउमाई : इलामको देउमाई नगरपालिकाको तपेवामा भिरबाट लडेर ५६ बर्षीय मीनाकुमारी राईको मृत्यु भएको छ...

इलाम । पुर्वी पहाडमा पहिलो पटक फुटसल खेल सुरु भएको छ । रोशन राई र...

इलाम । प्रदेश–१ स्तरीय छैटौँ मानवअधिकार पत्रकारिता वर्ष पुरस्कारबाट खोटाङका पत्रकार दमन राई पुरस्कृत भएका...

इलाम । किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष यामप्रसाद लिम्बूले आदिवासीहरुको महान पर्वहरुलाई सरकारले राष्ट्रिय चाडको...

इलाम : इलाममा अपाङ्गता भएका दुईसय जना व्याक्तिलाई सहायक सामग्री वितरण गरीएको छ । इलाम...

माई : इलामकाे माई नगरपालिका–५ मा अपाङ्गता भएका ब्याक्तिहरुलाई परिचयपत्र वितरण गरिएको छ । खर्बनी...
चर्चित

इलाम । इलामको सुर्योदय नगरपालिकामा रहेका जनप्रनिधिहरुले सरकारी सवारीसाधनको दुरुपयोग गर्ने...

डम्बर खडका इलामका चर्चित राजनितिज्ञ एवम निर्माण व्यवसायी हुन । २०३१...

रोङ रोङ गाउँपालिका झापासँग जोडिएको इलामको गाउँपालिका हो । गाउँपालिकामा मेची...

इलाम । आजभन्दा ५० वर्ष अगाडि इलामको आइतबारेमा लागेको हाटबजार नै...