हावाहुरीको बितन्डा, ग्रामीण क्षेत्रका विद्युतिय प्रशारण लाइनमा क्षति

इलाम । इलाममा विगत दूई दिन देखिको हावाहुरीले बितण्डा नै मच्चाएको छ । हावाहुरीका कारण सबैभन्दा बढी विद्युतिय प्रशारण लाइन र वितरण लाइनमा अवरोधका साथै क्षति समेत पुर्याएको छ । हावाहुरीले ३३ केभि क्षमताको प्रशारण लाइन र ग्रामीण क्षेत्रका विद्युतिय प्रशारण लाइनमा क्षति पुगेको छ ।
वर्षात र हावाहुरी अझैसम्म जारी रहेका कारण विद्युतिय प्रशारण लाइनमा बाँस र रुखहरुले छुँदा पटक पटक विद्युतमा अवरोध पुगेको नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रका प्रमुख रबिनबाबु घिमिरेले बताउनुभयो । ग्रामीण क्षेत्रमा सडक विस्तार गर्दा त्यसको प्रभाव अध्ययन नभएको र वर्षातमा पहिरो गएकाले धेरै विद्युतिय पोलहरुमा क्षति पुगेको छ ।
सडक निर्माण र विस्तार गर्दा सडकको माथिल्लो भाग मात्रै कटिङ्ग गरिएका कारण बढी मात्रामा पहिरो गएको र हावाहुरीले कमजोर भएको भु–वनोटको क्षेत्रका विद्युतिय पोलहरु लडेका छन् । हावाहुरी र वर्षातका कारण असारबाट सता तीन दर्जन बढी विद्युतिय पोलहरुमा क्षति पुगेको विद्युत प्राधिकरणले जनाएको छ ।
दुई दिन यताको हावाहुरी मात्रै विद्युत प्रशारण र वितरण लाईनका दर्जन बढी पोलहरु ढलेको तर विद्युत सुचारुका लागि सबै स्थानमा कर्मचारी परिचालन गरि मर्मतको काम भइरहेको नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्र इलामले जनाएको छ ।
दुई दिनको हावाहुरीले प्रशारण र वितरण लाईनमा अवरोध पुर्याउने ५ सय बढी बाँस काटि विद्युत सुचारु गर्ने काम गरिएपनि हावाहुरी अझै जारी रहेकाले समस्या रहेको प्राधिकरणको भनाइ छ । इलामको पूर्वी क्षेत्रमा यो समाचार तयार पार्दासम्म पनि तिब्र हावा चलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट

इलाम । इलामका सक्रिय समाजसेवी तथा नेपाली काँग्रेसका नेता डम्बर खडकाले १३ औं दक्षिण एसियाली...

भद्रपुर : झापाको भद्रपुरमा एकैरातमा तीन ठाउँमा आगलागी भएको छ। तीन ठाउँमा भएको आगलागीबाट करिब...

देउमाई : इलामको देउमाई नगरपालिकाको तपेवामा भिरबाट लडेर ५६ बर्षीय मीनाकुमारी राईको मृत्यु भएको छ...

इलाम । पुर्वी पहाडमा पहिलो पटक फुटसल खेल सुरु भएको छ । रोशन राई र...

इलाम । प्रदेश–१ स्तरीय छैटौँ मानवअधिकार पत्रकारिता वर्ष पुरस्कारबाट खोटाङका पत्रकार दमन राई पुरस्कृत भएका...

इलाम । किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष यामप्रसाद लिम्बूले आदिवासीहरुको महान पर्वहरुलाई सरकारले राष्ट्रिय चाडको...

इलाम : इलाममा अपाङ्गता भएका दुईसय जना व्याक्तिलाई सहायक सामग्री वितरण गरीएको छ । इलाम...

माई : इलामकाे माई नगरपालिका–५ मा अपाङ्गता भएका ब्याक्तिहरुलाई परिचयपत्र वितरण गरिएको छ । खर्बनी...
चर्चित

इलाम । इलामको सुर्योदय नगरपालिकामा रहेका जनप्रनिधिहरुले सरकारी सवारीसाधनको दुरुपयोग गर्ने...

डम्बर खडका इलामका चर्चित राजनितिज्ञ एवम निर्माण व्यवसायी हुन । २०३१...

रोङ रोङ गाउँपालिका झापासँग जोडिएको इलामको गाउँपालिका हो । गाउँपालिकामा मेची...

इलाम । आजभन्दा ५० वर्ष अगाडि इलामको आइतबारेमा लागेको हाटबजार नै...