प्रदेश १ मा नौ सय दरबन्दी खाली, कर्मचारी भर्नाको तयारीमा आयोग

झापा। प्रदेश १ सरकारले बजेट अधिवेशनमा तीन वटा विधेयक ल्याउने तयारी गरेको छ। प्रदेश सचिव सुरेश अधिकारीले प्रदेश लोक सेवा आयोग, प्रदेश निजामती विधेयक र क्षमता विकास प्रतिष्ठान विधेयक ल्याउने तयारी गरिएको जानकारी दिए । प्रदेश १ का प्रादेशिक कार्यालयमा दुई हजार चार सय कर्मचारीको दरबन्दी छ। तर एक हजार पाँच सय कर्मचारी मात्रै कार्यरत रहेको अधिकारीले बताए। प्रदेश सरकारले लोक सेवा आयोग गठन गरेर निजामती कर्मचारी भर्ना गर्न नसक्दा र संघीय सरकारले गरेको कर्मचारी समायोजन प्रभावकारी नहुँदा प्रदेश १ मा नौ सय कर्मचारीको दरबन्दी खाली रहेको छ। दरबन्दीअनुसार कर्मचारी नपुग हुँदा प्रदेश मातहतका प्रादेशिक कार्यालयका काम कारबाही प्रभावकारी बन्न नसकेको अधिकारीको भनाइ छ।
‘अब प्रदेश सरकारले निजामति सेवा विधिको निर्माण र लोकसेवा आयोगको स्थापना गरेर कर्मचारी भर्ना गर्नेछ,’ प्रमुख सचिव अधिकारीले भने, ‘झापाको कलबलगुडीस्थित प्रशिक्षण केन्द्र शून्य अवस्थामा छ। त्यसलाई प्रादेशिक क्षमता विकास प्रतिष्ठान बनाएर कर्मचारीलाई त्यहीँ प्रशिक्षण दिइनेछ।’ आवश्यक निकाय र संयन्त्रका अभावमा चालु आर्थिक वर्षमा पूँजीगत खर्च अत्यन्त कम भएको उनको धारणा थियो। उनले वैशाख मसान्तसम्ममा प्रदेशमा पूँजीगत खर्च २० प्रतिशतमात्र भएको जानकारी दिए। त्यस्तै, समयमा बजेट बिनियोजन नहुनु, समयमा कार्यक्रम स्वीकृत नगरिनु, निकाय र आयोजनाको हस्तान्तरण ढिला हुनु तथा निकाय–निकायका बीचमा समन्वय हुन नसक्नुले पनि पूँजीगत खर्च हुन नसकेको उनको धारणा छ।
प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट

इलाम । इलामका सक्रिय समाजसेवी तथा नेपाली काँग्रेसका नेता डम्बर खडकाले १३ औं दक्षिण एसियाली...

भद्रपुर : झापाको भद्रपुरमा एकैरातमा तीन ठाउँमा आगलागी भएको छ। तीन ठाउँमा भएको आगलागीबाट करिब...

देउमाई : इलामको देउमाई नगरपालिकाको तपेवामा भिरबाट लडेर ५६ बर्षीय मीनाकुमारी राईको मृत्यु भएको छ...

इलाम । पुर्वी पहाडमा पहिलो पटक फुटसल खेल सुरु भएको छ । रोशन राई र...

इलाम । प्रदेश–१ स्तरीय छैटौँ मानवअधिकार पत्रकारिता वर्ष पुरस्कारबाट खोटाङका पत्रकार दमन राई पुरस्कृत भएका...

इलाम । किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष यामप्रसाद लिम्बूले आदिवासीहरुको महान पर्वहरुलाई सरकारले राष्ट्रिय चाडको...

इलाम : इलाममा अपाङ्गता भएका दुईसय जना व्याक्तिलाई सहायक सामग्री वितरण गरीएको छ । इलाम...

माई : इलामकाे माई नगरपालिका–५ मा अपाङ्गता भएका ब्याक्तिहरुलाई परिचयपत्र वितरण गरिएको छ । खर्बनी...
चर्चित

इलाम । इलामको सुर्योदय नगरपालिकामा रहेका जनप्रनिधिहरुले सरकारी सवारीसाधनको दुरुपयोग गर्ने...

डम्बर खडका इलामका चर्चित राजनितिज्ञ एवम निर्माण व्यवसायी हुन । २०३१...

रोङ रोङ गाउँपालिका झापासँग जोडिएको इलामको गाउँपालिका हो । गाउँपालिकामा मेची...

इलाम । आजभन्दा ५० वर्ष अगाडि इलामको आइतबारेमा लागेको हाटबजार नै...