माइ खोलाको बगरमा बित्यो दोर्जेको जिवन

इलाम : तस्विरमा देखिएका ब्यक्ति हुन् दोर्जे तामाङ । ४० वर्ष यता उनको जिवन छेवैमा वगेको माइखोला कै किनारामा बालुवा खेलाउँदै बित्यो । माइखोलाको पानी जसरी उनको उमेर पनि संगसंगै बगिरहेको छ ।
२०३४ सालमा धनकुटाबाट इलाम आएका उनी पछिल्लो २० वर्ष यता धनकुटा गएकै छैनन् । आराम गरेरै विताउने समयमा पनि दोर्जे दैनिक गिट्टी र बालुवा खेलाउन मै वित्छ ।
मेची राजमार्ग छेवैमा माइखोलाको किनारामा खोलाले बगाएर ल्याएको बालुवा मुस्किलले एक ट्रयाक्टर बनाउँदा १२ सय रुपैयामा विक्छ । एक ट्रयाक्टर बालुवा भेला पार्न उनलाई झन्डै २० दिन जति लाग्छ । त्यहि १२ सय कमाउन दिनभरीको श्रम बेच्ने उनलाई काम गर्र्दा गर्दै दिन र रात पनि थाहा हुँदैन ।
बर्खामा भेल र वाढीले उनको यहि पेशा पनि धरापमा पर्छ । बर्खामा खाएको पनि हिउँदकै कमाइले धान्नु पर्ने उनको भनाई छ ।
बिहे गरेपनि जायजन्म नभई श्रीमतीको मृत्यू भए पछि कान्छी भित्रियाउने आँट गरेनन् दोर्जेले । मरे पछाडी गरिने मृत्यू संस्कारको त कुरै छाडौँ जिवितै रहँदा सामान्य विरामी हुँदा समेत तातो पानी तताएर दिने सहारा सम्म छैन उनको । पाको शरिर, चाउरी पर्दै गएको छाला, तागत सकिँदै गएर होला काम गर्दै गर्दा पनि हात गोडा थर्थर कामीरहेका हुन्छन् ।
सरकारले ७० वर्ष उमेर पार गरेका मानिसलाई बृद्धभत्ता उपलब्ध गराउने गरेको छ । तर उनी ७७ बर्ष पुग्दासम्म बृद्धभत्ता त के आफन्तको ठेगाना नभएपछि नेपालको नागरिकता सम्म पाएका छैनन् ।
पु¥ख्यौली घर धनकुटा भएका उनी धनकुटामा रहेका पुर्खाहरु पनि कहाँ छन् आफुलाई जानकारी नभएको वताउँछन । जिल्ला प्रशासन कार्यालय इलाममा नागरिकता बनाउन जाँदा धनकुटा नै गरेर बनाउनु भन्ने जवाफ आए पछि आफन्तको ठेगाना पनि नभएकाले नागरिकता नै बनाउन नसकेको गुनासो राखे ।
खोलाकै छेउमा परालले बारेको अनी कर्कटपाता बाँधेर छानो अड्याएको छाप्रो हालेर बसेका उनको चिसो रात खोलाको स्याठसंगै वित्ने गरेको छ ।
माघको जाडोमा पनि ढोका नै नभएको छाप्रोमा जिविको पार्जन गरिरहेका उनी पकाएर खाने सन्तुलित भोजनको त कुरै छाडौँ आज पेट भरी खाए भरेको छाक कसरी खाने भन्ने चिन्ता हुन्छ ।
छाप्रोकै छेउमा पकाएर खाने गोठ (किचन) छ उनको । त्यो पनि सामान्य हावाहुरी आए उडाएरै लैजान्छ । भत्किएको किचन पनि काठ र बाँसको टेको दिएर अडिएको छ ।
निजामती कर्मचारी वा शिक्षकको जागिर भइ दिएको भए उमेरको हदबन्दी लाग्ने उमेर पार गरिसके दोर्जेले । तर सरकारले उपलब्ध गराउने बृद्धभत्ता नै पाएका छैनन् । जनप्रतिनिधि चुनिए, गाउँगाउँमा सिंहदरबार पुगेको वताउने सरकारले यस्ता ब्यक्तिको उद्धार त के खोजीसम्म गरेको छैन ।
दोर्जेको छाप्रोबाट २ सय मिटर नजिकै माइभगवती बृद्धाश्रम छ तर उनी अहिलेसम्म बृद्धाश्रम गएका पनि छैन र कसैले लग्ने प्रयास समेत गरेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट

माई । माई नगरपालिकामा भएको नकाउट फुटबल प्रतियोगिताको उपाधी अर्जनधाराले जितेको छ । नमुना युवा...

इलाम । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला बिच भलिबलमा नेपालले कास्य पदक...

दमक। झापाको दमक देखि माङसेबुङ गाउँपालिका स्थित पञ्चमी, माङमालुङ सम्म पहिलो पटक पदयात्रा हुने...

...

फाकफोकथुम । इलामको पश्चिमि फाकफोकथुम गाउँपालिकाले कडा र दिर्घरोगिलाई उपचार खर्च प्रदान शुरु गरेको छ...

इलाममा जन्मिएकी उसु खेलाडी जुनी राईको १२ औ दक्षिण एसियाली खेल सागमा स्वर्ण जित्ने सपना...

फिक्कल । सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राई प्रदेश नम्बर एकको प्रादेशिक समन्वय समितिको सदस्यमा...

इलाम– दुुध उत्पादनमा नामुद मानिने इलाममा डेरी उद्योगमा युवाको आकर्षण बढ्दै गएको छ । सानो...
चर्चित

इलाम । इलामको सुर्योदय नगरपालिकामा रहेका जनप्रनिधिहरुले सरकारी सवारीसाधनको दुरुपयोग गर्ने...

डम्बर खडका इलामका चर्चित राजनितिज्ञ एवम निर्माण व्यवसायी हुन । २०३१...

रोङ रोङ गाउँपालिका झापासँग जोडिएको इलामको गाउँपालिका हो । गाउँपालिकामा मेची...

इलाम । आजभन्दा ५० वर्ष अगाडि इलामको आइतबारेमा लागेको हाटबजार नै...