खनाल र नेम्बाङ्ग बुढो भइसकेको घोडा हुन् ।कुद्न पनि सक्दैनन्, बेच्दा पनि विक्दैनः डम्बर खडका ( अडियाे सहित)
म जे बोल्छु सक्ने मात्र बोल्छु

डम्बर खडका इलामका चर्चित राजनितिज्ञ एवम निर्माण व्यवसायी हुन । २०३१ साल फागनु २८ गते इलाम नगरपालिका–९ बालनगाँउमा बुवा धनबहादुर खडका र आमा मनमाया खडकाको कोखबाट जन्मिए उनी नेपाल विद्यार्थी संघ आर्दश माविमा २०४१ सालबाट विद्यार्थी राजनिती सुरु गरे । उनी २०४९ देखी २०५८ सालसम्म २ पटक नेपाल विद्यार्थी संघको जिल्ला सभापती बने । २०५८ सालदेखी २०६३ सालसम्म नेपाल विद्यार्थी संघको चुनावमा बिजय हुँदै केन्द्रिय सदस्य बने । २०६३ सालमा केन्द्रिय उपाध्यक्ष बन्न सफल खडका नेपाली काँग्रेसको कोषाध्यक्ष, महासमिती सदस्य हुँदै सभापतीको लागी प्रत्यासी समेत रहेका थिए । खडकाले नेपाली कांग्रेसमा दिएको योगदानको कदर गर्दै पार्टीले आसन्न प्रदेशसभाको चुनावको लागी क्षेत्र नं २ को १ मा उम्मेदवारको लागी अगाडी सारेको छ । यसै सन्र्दभमा चुनाव केन्द्रित रहेर सुजन तिम्सिना र नमिन ढकालले खडकासंग गरेको संक्षिप्त कुराकारानी
प्रदेशसभामा तपाईको उम्मेदवारी किन ?
मेरो उम्मेदवारी भनेको बेरोजगार युवाहरुको रोजगार ग्यारेन्टीको निम्ती । यसअघि बिजय उम्मेदवारले विकास निर्माण अधुरो छाडे त्यसलाई पुरा गर्न । पर्यटकिय क्षेत्र इलाम, मंगलबारे, माइपोखरी, गजुरमुखी लगायतलाई विकास गरेर जति पर्यटक भित्र्याउन सक्नुपर्थ्यो त्यो हुन सकेन त्यसकारण मेरो फोकस भनेको पर्यटकिय क्षेत्रको रुपमा विकास गर्दै स्थानिय जनताको आयस्तरमा बृद्धि गराउन । हामीले जति पर्यटक भित्र्याउन सक्नुपर्थ्यो त्यो हुन सकेन । त्यसलाई पुरा गर्न र खानेपानी, विद्युत, लगायतका अपुरा काम पुरा गर्नका निमित, युवाहरुको सुरक्षा र व्यापक भ्रष्टचारलाई निर्मुल गरेर भ्रष्टचारमुक्त समाज र प्रशासन बनाउन मैले उम्मेदवारी दिएको हो । राष्ट्रियताको सबालमा २÷४ पैसामा नविकी इलामको इज्जत राख्न र जुन ठाँउमा जिम्मेबारी पाउँछु त्यो कार्य गर्नका निमित मेरो उम्मेदवारी हो ।
यस क्षेत्रत्राट जितेर गएकाले २५ बर्षसम्म शासन गरेको अवस्था छ । अब तपाइले जित्नुभयो भने ५ बर्षमा सम्पुर्ण परिर्वतन हुन्छ त ?
२५ त्रर्षमा हुन नसकेको परिर्वतन ५ बर्षमा त सवै सम्भव नहोला तर ५ बर्षमा सम्पुर्ण परिर्वतन भन्दा पनि यहाँको आवश्यक्ता हेरेर जुन अत्यावश्यक छ त्यसलाई जोड दिन्छु । जस्तै .यहाँबाट माइपोखरी– सन्दकपुर, मंगलबारे देखी गजुरमुखीधाम जाने बाटो, ग्राग्रेभञ्ज्याङ हुँदै झापासम्म जाने बाटो र इलामलाई पर्यटकिय क्षेत्र बनाउन इलाम– सोयाक हुँदै फास्ट ट्रयाक बाटो करिव २०÷२५ किलोमिटर छोटो पर्छ । कतिपय ठाँउमा पुल निर्माण भएको छैन विद्युत पुगेको छैन यस्ता हुन सक्ने कामहरु तत्काल ५ बर्षमा प्राथमिकता छ । अत्यावश्यक पुर्वाधार विकास गरेर लग्ने योजना छ । नेताहरुले चुनावको समयमा जनतामाझ जाने बिजय भएपछि गाँउ नजाने विकास निर्माण अधुरै रहने प्रक्रिया छ ।
तपाइलाई जितामा विकास हुन्छ भन्ने विश्वासिलो आधार चाही के छ ?
एउटा कुरो नेताले जनतालाई भेडो बनाएका छन । कसरी भन्दा जनताले एउटा पार्टी भन्दा सहि व्यक्तित्व चिन्ने अवसर पाएका छैनन् । र जहाँसम्म लाग्छ मैले जित्दै गर्दा इलाममा ९८ प्रतिशत शिक्षित व्यक्तित्व छन र मतदान गर्ने पनि यस्तै छन । मतदाताले जनप्रतिनिधी कस्तो ल्याउने भन्ने छुटयाउन सक्छन र जितपछि जुन आश्वासन दिएर ढाटे र अत्याधिका ढाटेर नेतालाई पत्याउन नसक्ने अवस्थामा जनतालाई पुर्याएका छन र म के गर्छु भने मैले बोलेको कुरा पक्का पक्की पुर्याउछु जे बोल्छु सक्ने मात्र बोल्छु । नेतृत्वले बोलेको कुरा पक्का रहेछ भन्ने कुरा जितेर गएपछि जनतालाई विश्वस्त तुल्याउछु । नेताले पनि राम्रो काम गर्छन भन्ने जनता माझ लाने अठोट छ ।
इलाम क्षेत्र नं २ को १ बाट लडदै हुनुहुन्छ ? विकास निर्माणका कार्यहरुमा के लाई प्राथमिक्ता दिनुहुन्छ ?
इलामबाट भञ्ज्याङ–सोयाक हुँदै झापा जोडने फास्ट ट्रयाक पहिलो प्राथमिक्तामा राखेको छ । इलामबाट माइपोखरी– सन्दकपुर पुग्ने बाटो कालोपत्रे, मंगलबारे–गजुरमुखी–लुम्दे हुदै रवि जोडने बाटोलाई प्राथमिकतामा राखेको छु । मंगलबारे–एकतप्पा भएर जाने बाटो, मंगलबारे–सिद्धिथुम्का हुँदै विर्तामोड जोडने बाटोलाई प्राथमिकता क्रममा राखेको, युवा बेरोजगार समस्या हल गर्ने, भ्रष्टचारलाई समाप्त पार्ने, कर्मचारी प्रशासनबाट हुने ढिलासुस्तीलाई निर्मुल गर्ने, पर्यटकिय क्षेत्रको विकास गर्दै पर्यटक भित्र्याउनका निमित के के अति आवश्यक छ । पहिलो चरणमा सो काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।
पछिल्लो समयमा हुर्कदै गरेको गठबन्धन संस्कृतीलाई के भन्नुहुन्छ ?
गठबन्धका सम्बन्धमा जहाँसम्म लाग्छ, एउटा पार्टी १० बर्षसम्म जनयुद्ध भनेर लडिरहेको थियो त्यो पार्टीले अहिले आएर आफनो एजेन्डा बिर्सिर पार्टी गठबन्धनभन्दा पनि पार्टी नै समायोजनको कुरो छ । हिजो त्यहाँ भनेका ठुला नारा दुख गरेका साथीहरुको मन मारेर पार्टी नै समाप्त पारेर समायोजन भएको छ । यसले के देखेको छु भने गठबन्धनसम्म हामी स्विकार्न सक्छौ तर पार्टी नै समायोजन अलिक असान्र्दभिक छ । यस कारण जनता के त्रसित छन भने हिजो पञ्चायत र राणासँग कांग्रेस लडयो प्रजातन्त्रको निम्ति । अहिले फेरी कांग्रेसलाई चौतफी दुव्लो पारेर साम्यवाद भित्र्याउने हो की भनेर गठबन्धनबाट त्रसित छन । भोली हुन सक्दैन भन्ने कुरो पनि छैन ।
कम्युनिष्टहरुको साम्यवादको सिद्धान्तमा के छ भने अन्तिममा राज्यको सम्पती, राज्यको निर्देशन, काम कार्यमात्र गर्ने उनीहरुको उहाँहरुको एकमुष्ट सोचाइ छ । त्यो अग्रसरता हुने हो की भन्ने डर त्रास समाजमा आएको छ । त्यो डर त्रासबाट मुक्त भइ प्रजातन्त्रलाई सदा राख्नको लागी एउटै मात्र पार्टी लोकतान्त्रिक गठबन्धन नेपाली कांग्रेस हो यसलाई जनताले स्विर्काछन । कांग्रेसमा रहेका स्वतन्त्रताभन्दा राम्रो केही छैन । र त्यो पक्ष यो हो । २००७ सालदेखी राणा शासन संग लडदै प्रजातन्त्र ल्याउनको निम्तिी, २०४६, २०६२÷६३ गर्दै लोकतन्त्र,प्रजातन्त्र र संविधान नेपाली काँग्रेसकै पहलमा जनतालाई दिन सफल भयौ । विश्वमा सवैमा यहि शासन प्रणाली छ ।
यहाँ हराएर आएको कम्युनिजम ल्याउने कुचेष्टा नियतवश छ छैन त्यो उहाँहरुको कुरा हो । तर अव साम्यावदी आउने हो की भन्नेमा जनता त्रसित छन । हिजो जंगलमा बसेर तर्साए, आज पार्टी एकिकरण गरेर जनतालाई भय, त्रास दिलाउने कार्य गठबन्धनले गरेको छ । त्यो भयबाट मुक्त गरेर देशलाई समृद्धि तर्फ अगाडी लग्दै प्रजातन्त्र सुनिश्चित गर्दै कांग्रेसले लग्नुपर्छ ।
चुनावी अंक गणित गर्दा तपाइको क्षेत्रबाट जित्ने आधार के छन त ?
इलाममा चुनावी आंकलन गर्दा बुढो भइसकेको घोडा चढदा पनि कुदैन, बेच्दा पनि विक्दैन । त्यसैले चढनुसंग औचित्य छैन । कारण यो घोडासंग चढी सके नी । यो घोडा तन्नेरी भएर प्रधानमन्त्री भइसकेको हो कुदन पनि सकेन । सभामुख पनि भइसकेको दौडिन पनि सकेन । अब यो बुढो भएको घोडा चढनुको पनि अर्थ छैन । र बेच्नुको पनि अर्थ छैन किनकी अव यो विक्नेवाल पनि त छैन । त्यसकारण यहाँ भएका अधिकाँश उम्मेदवार बुढो भइसकेका छन । हामीहरु भनेको कुरा पुरा गर्न नसके जनताले कानमा समातेर काम लगाउन सक्छन । हामी फेरी पनि चुनावमा आउछौ । हामीलाई बाध्यता पनि छ । हामीले फेरी पनि जनता माझ जान बोलेको कुरा पुरा गर्नैपर्छ । उहाँहरु उठ्दा उठ्दा थाकिसक्नु भएको छ । टेस्टेड भइसक्नु भएको छ । उहाँहरुले गर्छौ भनेको काम हेर्दा लाज लाग्नुपर्ने । गाडी कुदने बाटोमा भैसी डुव्ने खाल्डा छन । सडकैपिछे पोल ढलेका छन । खानेपानी कहि छैन । इलाम सदरमुकाममै हाहाकार छ । सडकको र्दुदशा उस्तै छ दुर्घटना भएको भइ छ । जनतासंग गरेका बाचाहरु पुरा भएका छैनन् । पटक पटक बाचा अधुरा रहेको तथा गठबन्धनबाट जनता त्रसित भएको कारणले नयाँ हामी जस्ता युवा नेतृत्वलाई जिताउँदा भोलीका दिनमा काम गराउन सकिन्छ भनेर जनताले हामीलाई विश्वास गर्छन र हामीसंग इमान्दारिता छ । हामी प्रजातान्त्रिक पार्टी हौ । अबको शिक्षित योग्य र बौद्धिक स्तरका मतदाताले विश्वास गर्नुहुनेछ हाम्रो जित हुन्छ भन्नेमा विश्वस्त छौ ।
निर्माण व्यवसायी पनि भएको हिसाबले तपाइको नजरमा इलामको समृद्धि गर्न के प्राथमिक्ता दिनुपर्ला ?
इलाम पहिलो कुरा व्यपारिक हिसाबले विकास गर्न सकिदैन । किन भने विर्तामोड नजिक भएकाले व्यपारी, डिलर विर्तामोड गएर सामान आयात गर्छन भने कतिपयले होम डेलिभरी नै गरिदिन्छन । अब हामीले आर्थिक समुद्धिको लागी पर्यटक भित्र्याउन सक्नुपर्छ । मंगलबारे, इलाम, माइपोखरी, गजुरमुखीमा पर्यटकहरुलाई भित्र्याउन सक्यौ भने स्थानिय जनताको जिवनस्तरमा समृद्धि हुन्छ । यि पर्यटकिय स्थलहरुमा प्याकेज कार्यक्रम बनाएर माथीको पाथिभरालाई समेटन सके इलाममा रोजगार समेत सृजना हुन्छ । यहाँको जनताको आर्थिक स्थिती अझ बढेर जान्छ ।
त्यसपछाडी कृषि प्रयोजनको लागी यहाँ बालीनालीलाई सदुपयोग गर्न सकेका छैनौ । भारतले हाम्रो राम्रो चियालाई उस्को देशको ब्रान्ड नाम दिएर तेश्रो मुलुकलाई बेच्छ अनि उस्को गुणस्तरहिन चियापत्तीलाई हाम्रो नाम दिएर झुक्याइरहेको छ । हाम्रो उत्पादन चिया, अदुवा, अलैचीलाई आफनै ब्रान्ड नाम दिएर बाहिर बेच्न सक्यौ भने इलामको किसान,व्यपारी देखी लिएर सवैको जिवनस्तर उक्सन सक्छ । पहिलो कुरो शाखा बाटोलाई स्तरोन्नती गरेर कालोपत्रे गर्नुपर्छ । त्यसपछि कृषि उपजलाई हाम्रै अर्गानिक ब्रान्ड दिएर लग्न सक्यौ र पर्यटक भित्र्यायौ भने इलामको उन्नती हुन सक्छ । प्रचुर संभावना रहेको जलविद्युतलाई उत्पादन गरेर रोजगारमुलक बनाउन सकिन्छ । अरु भन्दा पनि मेरो चाहना के छ भने इलामलाई नेपालकै विकसित, शिक्षित, स्वच्छ र सुन्दर बनाउदै नमुना सहरको रुपमा ५ बर्षमा विकास गर्ने अठोट छ ।
अन्तिममा हामीले सोध्न छुटाएको तर तपाईलाई भन्न मन लागेको कुरा केही छ ?
त्यस्तो खासै केही त छैन तर इलामबासीहरुमा मेरो एउटा अपिल जनु मैले नेपाल विद्यार्थी संघको केन्द्रिय उपाध्यक्षको चुनावमा नारा तय गरेर जितेको थिएर र अहिले प्रदेशसभाको निर्वाचनमा पनि दोह्रोयाउन चाहाछु “पुर्वको झडका, डम्त्रर खडका” ।
प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट

भारतीय अभिनेत्री आलिया भट्ट एसियाकी सबै भन्दा कामुक महिला बनेकी छन्। बेलायतको साप्ताहिक पत्रिका इस्टन...

इलाम । पर्यटन वर्ष २०२० को स्वागत गर्दै झापा र इलाम जोड्ने वैकल्पिक पदमार्ग पहिचानका...

इलाम । सुदर्शनको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’को पहिलो...

इलाम । इलामका सक्रिय समाजसेवी तथा नेपाली काँग्रेसका नेता डम्बर खडकाले १३ औं दक्षिण एसियाली...

भद्रपुर : झापाको भद्रपुरमा एकैरातमा तीन ठाउँमा आगलागी भएको छ। तीन ठाउँमा भएको आगलागीबाट करिब...

इलाम । २० बर्षपछि घरेलु भुमीमा भएको १३ औ सागमा इलामका खेलाडीले २ स्वर्ण १...

देउमाई : इलामको देउमाई नगरपालिकाको तपेवामा भिरबाट लडेर ५६ बर्षीय मीनाकुमारी राईको मृत्यु भएको छ...

इलाम । पुर्वी पहाडमा पहिलो पटक फुटसल खेल सुरु भएको छ । रोशन राई र...
चर्चित

इलाम । इलामको सुर्योदय नगरपालिकामा रहेका जनप्रनिधिहरुले सरकारी सवारीसाधनको दुरुपयोग गर्ने...

डम्बर खडका इलामका चर्चित राजनितिज्ञ एवम निर्माण व्यवसायी हुन । २०३१...

रोङ रोङ गाउँपालिका झापासँग जोडिएको इलामको गाउँपालिका हो । गाउँपालिकामा मेची...

इलाम । आजभन्दा ५० वर्ष अगाडि इलामको आइतबारेमा लागेको हाटबजार नै...