पशुपतिनगरमा अध्यागमन र प्लान्ट क्वारेन्टाइन सुविधा आवश्यक छ ः प्रमोद राई

बाबु ललित राई र आमा सन्ध्या प्रधानको कोखबाट वि.स २०२९ पौष ७ गते पशुपतिनगर ८ रुङ्सुङमा जन्मनुभएका प्रमोद राई उद्योग वाणिज्य संघ पशुपतिनगरको वर्तमान अध्यक्ष हुन् । भारतको कोलेम्पोङमा उच्चमावि अध्ययन गर्दै गर्दा राई सन् १९८६ को गोर्खाल्यान्ड आन्दोलनमा समेत सहभागी रहेका थिए । सन् १९८६ मा कालिम्पोङ जेसिसको प्रेसिडेन्ट हुँदै सामाजिक कार्यमा लागेका उनी जन्मथलो नेपाल आएर पुर्व नवज्योती संघ नामक संस्थापक अध्यक्ष भइ वि.स २०५२ सालमा इलामको इतिहास बोकेको ओमप्रकाश अग्रवाल मेमोरियल गोल्डकपको आयोजना समेत गराएका थिए । तरुण दल पशुपतिनगरको गाँउ कार्य समितीका सभापती चुनिदै हाल आएर नेपाली काँग्रेस पशुपतिनगरको २ कार्यकाल सभापती चुनिएका छन् । सामजिक र राजनीतिक संस्था बाहेक विद्यालय, स्वास्थ्य, जातिय संघ संस्था, पर्यटन क्षेत्रमा समेत राई उतिकै सक्रिय छन् । प्रस्तुत छ उनै प्रमोद राई सँग गरेको संक्षिप्त कुराकानी ः

  • लोकल संदेश / शनि, बैशाख ३०, २०७४